भर्खरै मात्र नियुक्त श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारमा जाँदा ठगमा पर्नेेहरुले गर्ने उजुरीको सुनुवाई दैनिक रुपमा गर्न निर्देशन दिएका छन् । यस्तै वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति गर्न काठमाडौं नै आउनुपर्ने व्यवस्था अन्त्य गर्न बिष्टले वैदेशिक रोजगार विभागलाई भनेका छन् ।
विभागलाई मन्त्री बिष्टले ठगीमा परेकालाई न्याय दिन र क्षतिपूर्ति दिलाउन हप्ताको एकपटक मात्रै सुनुवाई गर्ने व्यवस्थालाई दैनिकमा झार्न निर्देशन दिएका हुन् ।
अहिले वैदेशकि रोजगार विभागमा आफू ठगिएको भन्दै दैनिक १५ देखि २० वटा उजुरी पर्ने गरेको छ । विभागले नसल्टिएका उजुरीमाथि प्रत्येक बुधबारमात्रै सुनुवाइ गर्ने गरेको छ ।
म्यानपावर तथा एजेन्ट र पीडितलाई बोलाएर विभागले क्षतिपूर्ति दिलाउने गरी सुनुवाइ गर्छ । विभागका प्रवक्ता मोहन अधिकारी दैनिक रुपमा पीडितको उजुरीमाथि विभागमा छलफल हुने गरेको दावी गर्छन् ।
यसैगरी मन्त्री बिष्टले तराईका दुई स्थानबाट तत्काल श्रम स्वीकृति लिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
अहिले विभागको ताहचलस्थित कार्यालयबाट मात्रै श्रम स्वीकति दिने गरिएको छ । दैनिक १५ सयले विभागबाट विदेश जाने स्वीकृति पाउँछन् ।
विभागमा हुने भीडभाडलाई मौका बनाएर आर्थिक चलखेल हुने गरेको छ । त्यसलाई रोक्न पनि उपत्यकाबाहिर श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको हो ।

English
MTV NEPAL MTVNEPAL


