काठमाण्डौ, ५ कार्तिक । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले यही कार्तिक ४ गते चार बजे काठमाण्डौ तार्केश्वर नगरपालिका ४ पैँयुटार स्थित रामेश्वर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ४९ हजार ३ सय रूपैयाँ र ६ बुक तास र घर धनि रामेश्वर बोगटी सहित ५ जनालाई पक्राउ गरेको छ ।
यसै गरी महानगरीय प्रहरी वृत्त कालीमाटीले जुवातास खेलिरहेको अवस्थामा नगद ३१ हजार २ सय ८५ रूपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ । यही कार्तिक ४ गते १२ः३० बजे काठमाण्डौ महानगरपालिका १३ कालिमाटी स्थित अर्जुन तामाङको घरमा तास खेलिरहेको अवस्थामा नगद ३१ हजार २ सय ८५ रूपैयाँ, ६ बुक तास र घर धनि अर्जुन तामाङ सहित ६ जनालाई पक्राउ गरेको छ ।

English
MTV NEPAL MTVNEPAL


