वैदेशिक राेजगारीमा पुगेका अलपत्र व्यत्तिकाे जिम्मेवारी कसले लिने? मेनपावर कि सम्बन्धित दुतावास ?

काठमाडौंः नेपालबाट दिनँहुजसो हजारौँको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीको शिलशिलामा विदेसिने गरेका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कतिपय युवाहरु कतार र मलेशिया जस्ता देशमा अलपत्र परेको समाचार सञ्चारमाध्यममा हेर्न र सुन्न पाइन्छ ।
सबै प्रावधान पुरा गरेर रोजगारीका शिलशिलामा विदेश पुगेका युवाहरु अलपत्र पर्दा जिम्मेवार को हुने? मेनपावर व्यवसायी, कम्पनी कि नेपालस्थित सम्वन्धीत देशका दुतावास? यस विषयमा अहिले कुरा उठेको छ ।
यदि मेनपावर व्यवसायी नै जिम्मेवारी हुने हो भने वीचमा दुतावासको काम नै नरहेको मेनपावर व्यवसायीले बताउँछन् । यस्ता अलपत्र परेका सकडौं वैदेशिक रोजगारमा रहेका युवाको जिम्मेवारी को हुने र कसले लिने विषयमा विवाद बढ्दै गएको छ ।
हालसालै मात्रै वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् ।

छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताउनुभयो । “चार महीनासम्म लेबरको काम लगायो”, उहाँले भन्नुभयो, “कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।”

काठमाडौँको धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनीमा प्रतिव्यक्ति रु ८० हजार बुझाएर उनीहरु कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताउनुभयो । “इलेक्ट्रिसियनको काम भनेर मेनपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ”, उहाँले भन्नुभयो, “कतार पु¥याएपछि चार महीना लेबरको काम दियो र मासिक रु एक हजार १०० तलब दिने सम्झौता भए पनि उनीहरुले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।”

चार महीनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो । दुई महीनादेखि काम र शुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई उद्धार गरेर नेपाल फर्काउन उनीहरुले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् । उनीहरुलाई कतार पठाउने धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताउनुभयो । “विसं २०७५ फागुन १४मा प्रवेशाज्ञाा आएको देखाउँदै धरौटी रकम बुझेर चार महीनापछि जेठ २३ गते उडायो”, उहाँले भन्नुभयो, “अहिले उनीहरू बसुन्धारामा राप्ती म्यानपावर कम्पनी खोलेर बसेका छन् ।”

उता मेनपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरुले बिना कारण काम छाडेर बसेको बताउनुभयो । “उनीहरुले कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हुन्”, उहाँले भन्नुभयो, “अहिले काम छाडेर बसेका रहेछन् । सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।” टिकट र प्रवेशाज्ञा निःशुल्क भएपनि सो मेनपावर कम्पनीले उनीहरुलाई प्रतिव्यक्ति रु ८० हजार रकम असुलेको र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको गुनासो थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com