च्याम्पियन्स लिगमा १६ टोलीको टुंगो लाग्यो, लिभरपुलले गर्‍यो गोलको बर्षा

२१ मंसिर । युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणबाट माथि उक्लिने सबै १६ टोलीको टुंगो लागेको छ । गए रातिका खेलपछि नकआउट समीकरण पुरा भएको हो । गएराति भएका समूह चरणका अन्तिम खेलहरुमा इङ्ल्यान्डका लिभरपुल र टोटनह्याम हट्सपर विजयी हुँदा म्यान्चेस्टर सिटी भने पराजित भएको छ । लिभरपुलले रुसको स्पार्टा मस्कोलाई ७-० ले हराउँदा टोटनह्याम हट्सपरले साईप्रसको अपोईल निकोसियालाई ३- ० ले पराजित गर्‍यो । यसअघि नै राउण्ड अफ सिक्सटिनमा पुगिसकेको म्यान्चेस्टर सिटी भने युक्रेनको शख्तरसँग २-१ ले पराजित भयो । राति भएका अन्य खेलमा स्पेनको रियाल मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्डलाई ३-२ ले हराउँदा पोर्चुगलको एफ।सी पोर्टोले फ्रान्सको मोनाकोलाई ५ -२ ले पराजित गर्‍यो ।

यसैगरी टर्कीको बेसिक्तासले जर्मनीको आर।बी। लेप्जीगलाई २(१ ले हराउँदा नेदरल्याण्ड्सको फेयनुर्डले इटालीको नापोलीमाथि २(१ कै जित निकाल्यो । गएरातिका खेलपछि च्याम्पियन्स लिग फुटबलको सबै ८ समूहका विजेता तथा उपविजेता टोलीको टुंगो लागेको छ । यस पटक विजेताको रुपमा म्यान्चेस्टर युनाईटेड, म्यान्चेस्टर सिटी, लिभरपूल, टोटनह्याम हट्सपर, बार्सीलोना, पेरिस सेन्ट जर्मेन, ए एस रोमा र बेसिक्तास अन्तिम १६ मा पुगेका छन् ।
यसैगरी समुह उपविजेताको रुपमा चेल्सी, रियाल मड्रिड, बायर्न म्युनिख, युभेन्टस, सेभिया, शख्तर, एफ।सी बाजल र पोर्टो नक आउट चरणमा पुगेका छन् । च्याम्पियन्स लिग नक आउट चरणको खेल तालिका आगामि सोमवार निकालिंदैछ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com