अलिबाबाका संस्थापक ज्याक मा नेपाल नेपाल आएका छन् । ज्याक मा दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यागमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिए । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् ।भुसालका अनुसार ज्याकमा एक टोलि सहित नेपाल आएका हुन् । १५ दिनको पर्यटक भिसामा उनिसंग ६ जना पुरुष र एक महिला गरी सातजना नेपाल आएका छन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ । ज्याक मा चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका छन् । विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा रहेका ज्याकमासंग रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ । चीन सरकारसँग बिबाद भएर आईपीओ रोकिएयता उनी सार्वजनिक जीवनबाट टाढा गुमनाम बस्दै आएका छन् ।

English
MTV NEPAL MTVNEPAL


