पार्टीको झण्डा फेर्न जसपा नेताको सुझाव ,,अधिकांश भन्छ्न ः वास्तु मिलेन

जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले पार्टीको झण्डा फेर्नुपर्ने बताएका छन् । असार १०गतेदेखि जारी जसपाको विधान अधिवेशनमाबोल्ने अधिकांश नेताहरुले पार्टीको झण्डा फेर्न सुझाव दिएका हुन् । प्रचार विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार केहिले अहिले कै झण्डा राम्रो भनेपनि अधिकांश नेताहरुले वास्तु शास्त्रअनुसार नमिलेको कारण अर्को झण्डा बनाउनुपर्ने सुझाव दिएका छन् ।
जसपाकी नेतृ रेखा यादव, अर्का नेता रमेश राय, प्रीति रमन, भगतराम थारु लगायतका नेताले झण्डा फेर्नु पर्नेमा जोड दिएका छन् । उता नेता खगेन्द्र माखिमले भने फरका कुरा राखेका छन् । उनले वास्तु शास्त्र र राजनीति फरक फरक कुरा भएको, अहिलेको झण्डा नै राम्रो छ यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । जसपाको झण्डा रातो र हरियो रंगभित्र एउटा तारा राखिएको छ । वास्तु शास्त्रअनुसार रातो र हरियो मिसाउँदा कालो हुन्छ । कालोलाई शुभ मानिदैन । त्यसैले पनि यो झण्डको रंग फेरेर रातो र पहेँलो बनाउन पार्टीका नेताहरुले सुझाव दिएका बताइएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com