चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत सार्वजनिक प्रदर्शन मिति तय नगरिए पनि चलचित्रको पहिलो गीत भने सार्वजनिक

नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय नगरिए पनि चलचित्रको पहिलो गीत भने सार्वजनिक गरिएको छ ।

 

‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनराजकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायिका रीमा विश्वकर्माले नृत्य गरेकी छिन् ।

नायिका रिमाको साथमा गितमा गम्भिर बिष्ट, नायिका केकी अधिकारी र कलाकार विनोद न्यौपानेले अभिनय गरेका छन् । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो भिडियोको कोरियोग्राफी गम्भिर बिष्टले गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको चलचित्रमा लोकेश बज्रचार्यको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । चलचित्रमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिव प्रसाद चौलागाइको लगानी छ ।

नायिका रीमा विश्वकर्मा र गम्भिर बिष्टलाई भने दर्शकले यो गीतको भिडियोमा मात्र देख्न पाउनेछन् । चलचित्र कमेडी कथामा बनेको जानकारी दिईएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com