काठमाडौं – चिनियाँ स्मार्टफोन निर्माता हुवावेले ‘हुवावे मेट १० प्रो’ मोडल बजारमा ल्याएको छ । क्यान इन्फोटेकमा हुवावेले मेट–१०’ सार्वजनिक गरेको हो ।
के-के छन् विशेषता
४ हजार एमएएच ब्याट्री क्षमता रहेको स्मार्ट फोनको क्यामरा २० मेगापिक्सेलको रहेको छ । ६ जीबी र्याम तथा १२८ जीबी रोम मेमोरी रहेको यो मोवाइल झण्डै १७८ ग्राम तौलमा उपलब्ध छ । यसका अन्य बिशेषताहरुमा १८ बाइ ९० डिस्प्ले, २१६० बाइ १०८०–४०२ पिपिआई, कलर स्याचुरेशन ११२ प्रतिशत लगायत रहेका छन् । यो स्मार्टफोनको मूल्य १ लाख ३ हजार रुपैयाँ राखिएको छ ।

English
MTV NEPAL MTVNEPAL


