काठमाण्डौ महानगरपालिकामा शुक्रबार पनि सार्वजनिक बिदा

काठमाण्डौ महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सार्वनिक गर्नुभएको सुचनामा शुक्रबार सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा आज एकै दिन परेको बताए पनि केही पालिका र सांस्कृतिक संस्थाले जनैपूर्णिमा र गाईजात्रा फरक–फरक दिन मनाउने निर्णय गरेका छन् ।

जनैपूर्णिमा र गाईजात्राका अवसरमा आज पनि काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com