घरजग्गाको लाभांश कर ३८÷३९ प्रतिशतसम्म लिएको खबर झुटो : महानिर्देशक पद्यमनिधि सोती

भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्यमनिधि सोतीले घरजग्गाको कारोवारमा ५ प्रतिशत मात्र लाभांश कर लाग्ने बताउनुभयो । जग्गाकारोबार व्यवसायीले ३८÷३९ प्रतिशतसम्म लाभांश कर मालपोतले उठाइरहेको गुनासो गर्छन तर महानिर्देशक सोतीले भने त्यो सबै कुरा भुटो रहेको हामीलाई टेलिफोन मार्फत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “पहिले ५ वर्षभन्दा बढी स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा २.५ प्रतिशतका दरले र सो भन्दा कम समय स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा ५ प्रतिशतले कर लाग्ने गर्दथ्यो अहिल भने ५ प्रतिशत र ७ प्रतिशतका दरले कर लाग्छ त्यस्तो जग्गा कारोबारीले भनेको जस्तो ३८÷३९ भनेको केहि होईन यो सब झटो हो । ”

राजश्व ऐन अनुसार व्यवसायमा प्रयोग नभएको घरजग्गालाई गैर व्यावसायिक करयोग्य आय मानी लाभको गणना गरी कर लगाईन्छ भने व्यवसायमा प्रयोग भएको घरजग्गालाई व्यावसायिक सम्पत्ति मानी सोको निसर्गबाट हुने लाभलाई व्यवसायको आयमा समावेश गरी कर लगाइन्छ ।

तर ३० लाखभन्दा कम मूल्यको घरजग्गाको बिक्री, तीन पुस्ता भित्रको खरीद बिक्री बाहेकको तरिकाले गरिएको हस्तान्तरण र १० वर्षभन्दा बढी स्वामित्व भई बसोबास गरेको प्राकृतिक व्यक्तिको घरलाई गैर व्यवसायिककरयोग्य सम्पत्ति मानिंदैन ।

उहाँले त्यो विषय राजश्व विभागले हेर्ने हो भन्दै अन्य व्यवासायीक कर तिर्दा त्यो परिमाणमा तिरे त्यो फरक कुरा होला तर लाभांश कर त्यति नरहेको बताउनुभयो ।

मालपोतको काम कारबाही माथि नकारात्मक प्रभाव फैलाउन कसैले त्यस्ता अपवाह फैलाएको हुन सक्ने उहाँको भनाई छ ।
त्यसो भए के जग्गा व्यापारीको गुनासो झुटो हो त ? कि त दुई पक्षबिचको आन्तरिक कारोबार मिलेन ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com