नेपालको चुच्चे नक्सा चिनले नस्वीकारेकामा बालेनको आपत्ति,, नैतिकताको आधारमा चीन भ्रमण रद्द गरे

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह “बालेन” शाहले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ ।

सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै उहाँले चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको भन्दै उहाँले नैतिकताकै आधारमा आफु चिन भ्रमणमा नजाने प्रष्ट पार्नुभएको छ ।

चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि आज दिउँसो बालेन बेइजिङतर्फ जाने तय भएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेख्नुभएको कुरा जस्ताको तस्तै साभार ः
“हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु । ”

यसरी देशको एक स्थानिय तहका प्रमुखले नैतिकता ,राष्ट्रि स्वाधिनतालाई प्रमुख प्रथामिकतामा राख्दा हाम्रा देशका राष्ट्र प्रमुख ,शिर्ष नेताहरु भने विदेश भ्रमणको निम्तो आउने बित्तिकै स्विकार गर्छन । भ्रमणको उद्देश्य के हो र उपलब्धि के हो नै नबुझि परिवार, नातागोत , आसेपासे समेत लियर पुगिहाल्छन् भ्रमण स्थलमा । न उनिहरु ती देशसंग नेपालको सम्बन्ध हेर्छन । न उनिहरुले नेपालमाथि गरेको व्यवहार हेर्छन् । नैतिकता ,राष्ट्रको ईज्जत भन्ने कुरा त धेरै परको विषय बन्छ उनिहरुका लागि । अब एक स्थानिय तहको प्रमुखले देखाएको नैतिकताको पाठ सिकेर सुध्रिन्छन् की ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com