ईआईए नगरी सञ्चालन गरेकोमा सोल्टी र द्वारिकाजलाई एक लाख जरिवाना

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पाँचतारे होटल र ठूला अस्पतालहरुमाथि कडाई सुरु गरेका छन् ।
मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै मन्त्री पण्डितले काठमाडौंका ठूला होटल र अस्पतालदेखि दूध वितरकसम्मलाई कारवाही गर्ने निर्णय गरेका हुन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी सेवा सञ्चालन गरेको भन्दै काठमाडौंको रविभवनमा सञ्चालित पाँचतारे होटल सोल्टी, बत्तीसपुतलीमा सञ्चालित पाँचतारे होटल द्वारिकाज, काठमाडौंको ठमेलमा रहेको चर्चित काठमाडौं गेष्ट हाउस तथा रविभवनमा सञ्चालनमा रहेको सिटी होटललाई मन्त्री पण्डितले आइतवार एक लाखका दरले जरिवाना तिराउने निर्णय गरेका छन् ।

त्यस्तै मन्त्री पण्डितले काठमाडौंका चारवटा ठूला हस्पिटललाई पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका छन् ।

मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै मन्त्रालयले काठमाडौंको कलंकीमा सञ्चालित नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्री बाल हस्पिटल, भृकुटीमण्डपको काठमाडौं मोडल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पतालमाथि कारवाही गर्ने भएको हो ।
वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ विपरीत सञ्चालनमा नआएको पाइएपछि ती अस्पताललाई कारवाही गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
त्यसैगरी तनहुँको आँबुखैरेनीमा सञ्चालनमा रहेको अरनिको आँबुखैरेनी सिमेन्ट इन्डस्ट्रिजलाई ५० हजार रुपैयाँ जरिवाना , मापदण्ड विपरीत सञ्चालनमा रहेको मोरङको कमला रोलिङ मिल प्रालिलाई ५० हजार रुपैयाँ, काठमाडौंको बालाजुमा सञ्चालित दूध वितरण आयोजनालाई पनि मापदण्ड पूरा नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com