इपीएल क्रिकेट अन्तर्गत आज कुन कुन समुहबीच खेल हुँदैछ? हेर्नुहोस्

इपीएल क्रिकेट अन्तर्गत आज पहिलो खेलमा चितवन र भैरहवाबीचको खेल हँुदैछ । त्यसैगरी दोस्रो चरणमा ललितपुर र पोखराको प्रतिष्पर्धा हुनेछ ।  आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ । उता, पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले ईपिएल क्रिकेटको क्वालीफायरमा स्थान पक्का गरेको छ ।

हिजो भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ८ रनले हराउँदै विराटनगरले फाईनल प्रवेशका लागि हुने क्वालीफायरमा स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा शतप्रतिशत विजयी परिणाम निकाल्न सफल विराटनगरको यो लगातार पाँचौ जित हो । हारसँगै काठमाडौंको भने ईपिएल यात्रा समुह चरणमै टुंगिने भएको छ । हिजै भएको अर्को खेलमा पोखरा राइनोजलाई ७ विकेटले हराँउदै भैरहवा ग्लाडिएटर्सले पनि प्ले अफमा स्थान बनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com