२७ मंसिर । भुकम्प अति प्रभावित क्षेत्रका पीडितहरुलाई सरकारले १५०० ट्याक्सी वितरण गरिसकेको छ । पीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यका साथ सरकारले पीडितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । साथै ट्याक्सी वितरण गरेपछि सहज रुपमा बिना लगानी रोजगारी उपलब्ध हुने भएकोले पनि यस्तो गरिएको हो यसरी ट्यासी वितरण गर्दा केहीलाई त भनेजस्तै भएको छ तर गोलाप्रथामा परेका तर घरमा चलाउने मानिस नभएकाहरुले भने धमाधम बेच्न थालेका छन् । बेच्न नपाइने नियम त छैन तर सरकारले जुन प्रयोजनका लागि वितरण गरेको हो त्यसको उपयोग भने भएको छैन ।
“भूकम्पपीडितका नाममा आएका ट्याक्सीमध्ये आधाभन्दा बढी बिक्री भएको छ, पीडितले ल्याएको ट्याक्सी बेचबिखन गर्न नपाउने भन्ने कुनै कानूनी व्यवस्था छैन, उपत्यकाका बाहिर बस्नेले गोलाप्रथाबाट ट्याक्सी जित्दा यहाँ बसेर चलाउन पनि समस्या छ, त्यसैले अधिकांशले बेचेका हुन सक्छन्” – कार्यालय प्रमुख अधिकारीले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, मकवानपुर, गोरखा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर, धादिङ, नुवाकोट र रसुवाका पीडितलाई राहतस्वरुप एक हजार ५०० ट्याक्सी ल्याउन स्वीकृति दिएको थियो ।
असारमा गोलाप्रथाबाट छनोट भएका पीडितलाई मंसिर मसान्तसम्म ट्याक्सी आयात गरिसक्न असार मसान्तमै सूचना निकालिएको थियो । बाँकी १०५ ट्याक्सी यो महिनाको अन्त्यसम्म दर्ता भइसक्ने कार्यालयले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


