उदयपुरको त्रियुुगा नगरपालिका ३ बगाहामा करेन्ट लागेर घाइते भएका बालकको ज्यान गएको छ । स्थानीय दुर्गानन्द चौधरीको कुखुरा फर्ममा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । १५ वर्षीय सुशान्त चौधरीको उपचारको क्रममा जिल्ला अस्पतालमै निधन भएको हो । फर्मभित्र खेल्ने क्रममा विजुलीको नाङ्गो तारमा बालकको शरिरले छोएपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टराईले बताए । उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएका थिए ।

English
MTV NEPAL MTVNEPAL


