एमाले स्थायी कमिटीको बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । माओवादी केन्द्रसँगको एकता पक्रियालाई टुंगोमा पुर्याउनका लागि ललितपुरको मानभवन  बसिरहेको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट निर्माण व्यवसायी तथा नेता शारदाप्रसाद अधिकारीको घरमा केही बेरअघिबाट पार्टी अध्यक्ष केपी ओलीको आह्वानमा एमाले स्थायी समितिको बैठक बसिरहेको हो । यो बैठकले नेकपा माओवादी केन्द्रसँग एकताका लागि भएको सहमतिलाई अनुमोदन गर्ने स्रोतले जनाएको छ। जनयुद्धको समयदेखि नै माओवादीमा सक्रिय अधिकारीको घरैमा बुधबार मध्यान्ह आधा घण्टासम्म एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएपछि एमाले स्थायी समितिको बैठक बसिरहेको हो ।

फराकिलो कम्पाउन्डसहितको मानभवनस्थित अधिकारीको घरमा नेताहरुलाई आफ्ना सवारी साधन पार्किङ गर्न सजिलो छ भने पत्रकारहरुले पनि सहजै पहुँच नपुर्पा‍उने भएकाले दुई नेताबीच त्यहाँ बैठक हुने गरेको थियो । नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठक अध्यक्ष दाहालको निजी निवास खुमलटारमा बस्ने भएको छ। माओवादी केन्द्र पदाधिकारीको बैठकले पनि एमालेसँगको एकतालाई अनुमोदन गर्ने भएकोछ । स्रोतका अनुसार एमालेका स्थायी समितिको यो बैठकले माओवादीसँगको एकतालाई अघि बढाउन आवश्यक निर्णय गर्ने भएको छ । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आजै दुई पार्टीबीचको एकता संयोजन समितिको बैठक पनि बस्दैछ । त्यस बैठकले दुई पार्टीबीचको एकतालाई अन्तिम रुप दिने भएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com