प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईं जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याल दिपायलको मुख्य न्यायाधीश र उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा सपथ गराएका हुन् । न्याय परिषद्को सिफारिसमा उनीहरूलाई उक्त पदमा नियुक्त गरिएको थियो । रासस

English
MTV NEPAL MTVNEPAL


