कैलालीमा मुक्त कमलरीहरुलाई परिचयपत्र वितरणका लागि धमाधम फाराम संकलन भइरहेको छ ।
सरकारले मुक्त घोषणा गरेको चार वर्षपछि कमलरीहरुको पहिचानसहितको परिचयपत्र वितरणका लागि फाराम संकलन गरिएको हो । २०७० साल असार १३ गते मन्त्रिपरिषद्को बैठकले तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीहरुलाई मुक्त घोषणा गर्ने निर्णय गरेको थियो । सोही वर्षको साउन २ गते कमलरीमुक्त घोषणा गरिएको थियो ।
गत आर्थिक वर्षदेखि बर्दियाबाट परिचयपत्र वितरणको कार्य शुरु भए पनि कैलालीमा भने पुस १७ गतेदेखि तयारी सुरु गरिएको जिल्ला भूमि सुधार कार्यालय कैलालीका प्रमुख लोकराज जोशीले जानकारी दिए । माघ महिनाभरी फारम संकलनपश्चात फागुनदेखि परिचयपत्र वितरण गर्ने तयारीमा जुटेको जोशीले जानकारी दिए ।
जिल्लामा २ हजार ७ सय ३८ जना मुक्त कमलरी रहेको उनको भनाइ छ । हाल भूमि सुधार कार्यालय धनगढीमा फाराम बुझाउने मुक्त कमलरीहरुको भीड लागेको छ ।

English
MTV NEPAL MTVNEPAL


