?????????????????????????????????????????????????????????

बाँदरमुढेका मृतकलाई शहिद घोषणा गर्ने सरकारको तयारी

 सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गर्ने तयारी गरेको छ। चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो। उच्च स्रोतका अनुसार वनमन्त्री विक्रम पाण्डे मादरमुढे घटनाका मृतकलाई सहिद घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजान लागेका हुन्। ‘मन्त्रि ज्यूले सहिद घोषणा गर्ने प्रस्ताव तयार पार्नुभएको छ’, स्रोतले भन्यो, ‘सम्भवन अब बस्ने क्याविनेटले पास गर्छ।’ बाँदरमुढेलाई सशस्त्र द्वन्दका समयको गम्भिर घटनाकोरुपमा लिने गरिन्छ। बिहान भिख्नाठोरीबाट छुटेको शालिग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब १ सय ५० जना यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध भित्र थिए भने झन्डै ७०–८० जना छतमा खचाखच थिए। २१ वर्षीय विक्रम महतोद्वारा चलाइएको बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धराप विष्फोटमा परेको थियो। मन्त्रिपरिषद बैठक ५ बजे बस्दैछ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com