मकवानपुरको हेटौँडाउ पमहानगरपालिका ३ बसामाडीमा ट्रक र जिप ठोक्किँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका जीप चालक विकास खनियाको मृत्यु भएको हो। बिहीबार दिउँसो २ बजे हेटौंडाबाट मनहरी जाँदै गरेको ना.२.च.३३८७ नम्बरको जिपलाई मनहरीबाट हेटौंडातर्फ आइरहेको ना.५ ख.८८६१ नम्बरको ट्रकले हेटौंडा उपमहानगरपालिका ३ बसामाडी सडकखण्डमा ठक्कर दिंदा गम्भीर घाइते भएका जिप चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता दिलिपराज झाले बताए। गम्भीर घाइते भएका खनियाको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

English
MTV NEPAL MTVNEPAL


