झुलाघाटमा सुटिङ गर्न भारतीय कलाकारको टोली पिथौरागढमा

२० मंसिर ।  बलीउड चलचित्र ‘संदिप और पिंकी फरार’ बैतडीको झुलाघाटमा छायाङकन गर्न छायांकन टोली पिथौरागढ आइपुगेको छ । नेपाल भारत सीमा पुल झुलाघाटमा उहाँ डिसेम्बर १० तारिखका दिन सुटिङ गर्नुपर्ने भएकाले अहिले पिथौरागढमा सुटिङ भइरहेको भारतका पत्रकार राजेस पंगेरियाले बताउनुभयो ।  टोली झुलाघाटमा आएकाले नेपालको सिन पनि देखाउनुपर्ने भइरहेकाले यो विषयमा कुराकानी भइरहेको सीमानाका प्रहरी कार्यालयले जनाएको छ । झुलाघाटमा  छायांकन हुने ‘संदिप और पिंकी फरार’ फिल्मका नायक अर्जुन कपुर र नायिका परिणिती चोपडा सहितको सुटिङ टोली कडा सुरक्षाकाबीच पिथौरागढ आइपुगेको हो । बैतडीसँगै सिमाना जोडिएको पिथौरागढका विभिन्न भागमा अबको २५ दिनसम्म छायांकन जारी रहने निर्माण पक्षले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com