हामीलाइ थाहा नहुन सक्छ केही चिजहरु हामीले अनजानमै सेवन गरिरहेका हुुन्छौ तर त्यसको नकरात्मक असर हाम्रो शरिरमा पर्दछ । सुपारी नेपाली समाजको पारम्परिक र सांस्कृतिक हिसाबले अभिन्न अंग हो । पाहुनालाई सगुनको रूपमा सुपारी दिएर सम्मान गरिन्छ भने निम्तो गर्न सुपारी चाहिन्छ भन्ने चलन अद्यापि छँदैंछ । पुजाआजामा त सुपारी नभैहुँदैन । तर, यही सुपारी हानिकारक र रोग लगाउने अम्मल पनि हो । अचेल यसको व्यवसायिकता र प्रयोग दिनदिदैं बढ्दै गएको छ ।
त्यसो हुनुमा यसको अम्मल लगाउने बैगुन मुख्य कारण हो । स्वास्थ्यका लागि हानिकारक सुपारी तथा सुपारीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने मुखका समस्यामा दाँत खिईने, स–साना चिरामार्फत् रसभित्र पसेर दाँतको रंग परिवर्तन हुने, दाग बस्ने, टुक्रा परी भाचिने र खस्रो हुने, खोकी लाग्ने, मुख खोल्न कठीन हुने, पोल्ने, मसला र पीरो खान नसक्ने, गालाको भित्री भागमा एक वा दुवैतिर सेतो–खैरो दाग देखिनेलगायत हुन्छ । त्यसपछि ओरल सबम्युकस फाईब्रोसीस भएर अन्त्यमा मुखको अर्बुद रोगसम्म हुन सक्छ । के हो ओरल सबम्यूकस फाइब्रोसिस रु यो एउटा दीर्घकालिन रोग हो, जसले मुखको कुनै भाग वा कहिलेकाहीं गला नलीमा असर गर्छ । यो कहिलेकाही बिबिराबाट सुरु हुन्छ र ‘इपीथेलीयम’ भन्दा मुनिको भागमा सुजन भएर ‘लेमाइना प्रोपाइरा’ कठोर हुन्छ । ‘इपीथेलीयम’ पातलो भएर मुखको छाला कठोर हुन्छ ।मुख खोल्न र खान नसक्ने हुन्छ ।
सबभन्दा पहिले भारतीय मुलका दक्षिण अफ्रिकी महिलामा देखिएको विश्वास गरिएको यो रोग मुख्यतः भारतीयमा देखिने गरेको छ । नेपालमा ओरल सबम्यूकस फाइब्रोसिस २० देखि ४० वर्षसम्मका पुरुषमा र त्यसमा पनि तराई क्षेत्रमा बढी देखिन्छ । यो रोग अर्बुदरोग हुनुभन्दा पहिलेको अवस्था हो । यसबाट अर्बुदरोग बन्न सक्ने ७६ प्रतिशत संभावना हुन्छ । कारण ओरल सबम्यूकस फाइब्रोसिस के कारणले हुन्छ त्यति स्पष्ट नभएपनि खुर्सानीको अत्यधिक सेवन, फलाम र भिटामिन बी कम्प्लेक्सको कमी, सूर्ति सेवन, प्रतिरोधात्मक शक्तिको कमी, सुपारीजस्ता कारणले भएको मानिन्छ । तर, सुपारी तथा सुपारीजन्य पदार्थको सेवन नै प्रमुख कारण मानिएको छ । सुपारीमा भएका ट्यानीन, फलेभोनाइड तथा कत्थाले कोलाजनलाई नाश हुनबाट रोक्दछ भने अल्कल्वाइडले फाइब्रोब्लाष्टलाई उत्तेजित गरी कोलाजन बन्नमा सहयोग गर्दछ ।

English
MTV NEPAL MTVNEPAL


