भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो वर्ष पूरा गरेको छ । पाँच वर्षभित्र पुनःनिर्माणका सम्पूर्ण काम सक्ने लक्ष्यसहित गठन भएको प्राधिकरणले तेस्रो वर्षमा प्रवेश गर्दासम्म क्षेत्रगत रूपमा ४६ देखि ९८ प्रतिशतसम्म प्रगति हासिल भएको दाबी गरिएको छ । प्राधिकरणमा कायममुकाय सचिवले पद बहाली गरेको दिनलाई औपचारिक रूपमा काम सुरुआत भएको दिन मानेर वार्षिक दिवस मनाइएको हो । प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले हालसम्म भएका प्रगतिको विवरण र आइपरेका समस्याका बारेमा जानकारी गराउनुभयो ।

English
MTV NEPAL MTVNEPAL


