वाम गठबन्धनका यी युवा नेताले किन भेटे राष्ट्रपति ?

वाम गठबन्धनका युवा नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्तमान गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् ।  युवा नेताले बुधवार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटगरी राष्ट्रियसभा गठन अध्यादेशमा दलबीचको मतान्तरलाई आपसी संवादबाट जतिसक्दो चाँडो समाधान गरी नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गराउन आग्रह गरेका हुन् ।

नेकपा (एमाले) का युवा नेता योगेश भट्टराई र ठाकुर गैरे, नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतलगायतका युवा नेताले समसामयिक विषयमा समेत राष्ट्रपतिसँग कुरा गर्नुभएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए  ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com