चिनीया प्याज आयात भएपछि भारतीय प्याजको मूल्य घट्ने

नेपालमा चिनीया प्याज आउने भएपछि भारतीय प्याजको मूल्य घट्न थालेको छ । नेपाली व्यवसायीले १ लाख किलो चिनियाँ प्याज खरिद गरी लोडिङ गरिसकेका छन् । साता दिनभित्रै चिनियाँ प्याज काठमाडौंका बजारमा देखिने कालिमाटीस्थित थोक विक्रेता प्रकाश गजुरेलले जानकारी दिए  ‘चीनमा प्याज लोडिङ भएपछि भारतीय बजारबाट कम मूल्यमा आउन थालेको छ,’ गजुरेलले भने ।व्यवसायीले बिहीबारसम्म भारतमा प्रतिकिलो ३६ देखि ४२ भारुमा प्याज खरिद गरेका थिए । तर, शनिबार र आइतबार प्रतिकिलो २८ देखि ३० भारुमा खरिद भएको गजुरेलले बताए । व्यवसायीले बिहीबारदेखि नै नेपाल ल्याउने प्याज चीनमा लोडिङ थालेका हुन् । चिनियाँ प्याज नेपाल आउने सूचना पाएपछि भारतीय व्यवसायीले मूल्य घटाएर दिन थालेको उनको भनाइ छ ।

यद्यपि चिनियाँ प्याज भारतीयको तुलनामा धेरै सस्तो पर्ने व्यवसायीको भनाइ छ । ‘चिनियाँ प्याज काठमाडौं आउँदा प्रतिकिलो ४० देखि ५० रुपैयाँ पर्छ,’ गजुरेलले भने । स्वदेशी किसानलाई सहुलियत दिएर प्याज उत्पादन गर्न प्रोत्साहन नगर्दा मुलुक पूर्ण रूपले परनिर्भर भएको हो । उत्पादन बढाउन सके नेपाली प्याज झन् स्वादिलो हुने र उपभोक्ताको रोजाइमा पर्ने व्यवसायीको भनाइ छ । ‘नेपालमै प्याज उत्पादन बढाउन सरकारी नीति ल्याउने र त्यसलाई केन्द्रित गर्ने हो भने अन्य देशको असर नेपाली उपभोक्ताले भोग्नुपर्दैन,’ गजुरेलले भने ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com