डोनाल्ड ट्रम्पले गम्भीर परिणाम भाग्नुपर्ने अरब देशका नेताहरुको धम्की

२० मंसिर । जेरुसशलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले गम्भीर परिणाम भाग्नुपर्ने अरब देशका नेताले धम्की दिएका छन्  ट्रम्पले बुधवार जेरुसलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिनसक्ने भएपछि अरब नेताहरुले यस्तो अभिव्यक्ति दिएका हुन् । राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देस टेलिफोनमार्फत् दिएपछि अरब नेताहरु आक्रोशित बनेका हुन् । प्यालेष्टायनी नेता महमूद अब्बासले यसको गम्भीर परिणाम हुने चेतावनी दिएका छन् भने सउदी अरबका सुल्तान सलमानले यो कदम चालिए विश्वभरका मुसलमान भड्कने चेतावनी दिए ।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि ट्रम्पलाई परिस्थिति नभड्काउन अपील गरेका छन् ।
जोर्डनका सुल्तान अब्दुल्लाले अमेरिकी निर्णयले सारा मुस्लिम समुदायलाई भड्काउने भन्दै आफूहरु जेरुशलमलाई इस्लामी स्थलका रुपमा संरक्षण गर्न लाग्ने प्रष्ट गरेका छन् । ह्वाइटहाउसको प्रवक्ता सैंन्डर्सले भने यस कदमप्रति राष्ट्रपति ट्रम्पको सोच पक्का रहेको प्रष्ट गरेका छन् । जेरुशलम इजरायल र प्यालेष्टायनीबीचको विवादको सबैभन्दा गम्भीर मुद्दा बनिरहेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com