बाबुलाई हत्या गरेको आरोपमा दाङको तुल्सीपुरमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका ८ कृष्णमन्दिर निवासी २९ वर्षका तेजबहादुर चौधरीलाई आफुनै बुबाको हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाका अनुसार गएराती तेजबहादुरले आफ्नै बुवा बावुराम चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको जानकारी दिएका छन् । घरायसी झगडामा विवाद हुँदा खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापछि शव भान्सामाथि झुन्डाइएको अवस्थामा रहेको र प्रहरीले अनुसन्धान गर्दा हत्या भएको पुष्टी गरेको हो । तेजबहादुरलाई पक्राउ गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाबुराम चौधरीको शबलाई राप्ती अंचल अस्पातालमा पोष्टमार्टम गरिएको थियो ।

English
MTV NEPAL MTVNEPAL


