उद्योगी अग्रवालको निधनमा महासंघद्वारा शोक व्यक्त

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य मनिषकुमार अग्रवालको निधनमा शोक व्यक्त गरेको छ । अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज बसेको महासंघको सचिवालय बैठकले यही माघ ६ गते शनिबार अग्रवालको निधनमा शोक व्यक्त गरेको हो । उद्योगपति हरिप्रसाद अग्रवाल र आमा पद्मा अग्रवालका कान्छा छोरा स्वर्गीय अग्रवालको जन्म आजभन्दा ४५ वर्षअघि वीरगञ्जमा भएको थियो । अग्रवालको निधन ब्लड क्यान्सरबाट भएको पत्ता लागेपछि उहाँको परिवारका साथ भारतको मेदान्त अस्पतालमा उपचार गराई रहनुभएकै अवस्थामा निधन भएको थियो । महासंघमा विसं २०६४–६७ देखि वर्तमान कार्यकारिणी समितिसम्म निरन्तर आबद्ध रहनुभएका स्व अग्रवालले विगतका कार्यकारिणी समितिमा दुई कार्यकाल तथा महासंघको रोजगारदाता परिषद्का उपसभापति पदमा समेत रही श्रम विवाद निरुपण तथा श्रमसम्बन्धी नीति कानून निर्माणको भूमिका निर्वाह गर्नुभएको थियो । स्व अग्रवालका तेल, मैदा, प्लाष्टिक्स, चिनी, जुट आदि उद्योग सञ्चालित छन् । अग्रवाल एचसी अग्रवाल ग्रुप अफ कम्पनिज्का प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com