राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले असमझदारीमा बस्नुभन्दा सम्बन्ध विच्छेद गर्नु नै राम्रो रहेको बताउनुभएको छ । पछिल्लो समयमा समाजमा बढिरहेको सम्बन्ध विच्छेदका घटनाहरुको न्युनिकरणको लागि अयोगले के कस्ता काम गरिरहेको भन्ने विषयमा भएको मिथिला नेपाल टेलिभिजनसंगको कुराकानीमा आयोगकी अध्यक्ष पराजुलिले यस विषयलाई आयोगले गम्भिरतापुर्वक हेरिरहेको बताउनुभयो । “सबैभन्दा पहिला त सम्बन्ध विच्छेद सम्बन्धि कानुन नै किन बन्यो भन्ने हो । पतिपत्निको सम्बन्ध भनेको समझदारीमा निभाउने सम्बन्ध हो । जब पतिपत्निबिच नै असमझदारी,अविश्वास बढ्दै जाँँन्छ तब सम्बन्ध विच्छेदको अवस्था सृजना हुने गर्दछ । ”
असमझादारीमा बस्नु भन्दा सम्बन्ध विच्छेद गर्नु नै उचित हुने आयोगकी अध्यक्ष पराजुलीको भनाँई छ । अध्यक्ष ज्यु आयोगको काम भनेको महिलाका समस्यालाई बुझेर कसरी सुल्झाउने भन्ने होला नी ? मेलमिलाप गरिदिनुको साटो सम्बन्ध विच्छेद गर्नु नै उचित होला भन्नु एउटा संवैधानिक आयोगको नेतृत्व सम्हालेको व्यक्तिले भन्न सुहाउला र ?
अहिलेका युवायुवतिले आफ्नो संस्कृतिक मुल्य मान्यतालाई विर्सदै गएकाले सम्बन्ध विच्छेदका घटनालाई झन् प्रशय मिलेको हो भन्दा अध्यक्ष पराजुली भन्नुहुन्छ “संस्कृति जोगाउने भनेर हिसां सहेर बस्ने कुरा पनि त भएन नि । समय परिवर्तन भईसकेको छ । अहिले माईति वा घर भन्ने हुँदैन । छोराछोरीबिचको भेदभाव भन्ने पनि छैन । केटा.. केटीको घरमा वा केटी.. केटाको घरमा वा दुबैको सहमतिमा छुट्टै पनि बस्न पाउँछन् । ”
अध्यक्ष ज्यु तपार्इंको भनाँर्इं अनुसार अब नेपालीको लागि विदेशि संस्कृति उचित हुन्छ हैन ? तपाईंको भनाँई अनुसार अब नेपाली पारिवारिक मुल्य हराईसक्यो ?
त्यसोभए यस्तो स्वतन्त्र वातावरणका बिच पनि आयोगमा के कस्ता घटनाहरु आउँछन् त भन्दा अध्यक्ष पराजुली विशेषगरि महिलामाथि हुने घरेलु हिंसाका केसहरु धेरै आउने गरेको बताउनुहुन्छ ।
अध्यक्ष पराजुलीका अनुसार नेपालका शिक्षित, अशिक्षित नेपालका अधिंकाश महिलाहरु कुनै न कुनै तवरले घरेलु हिंसामा परेका छन् ।
त्यसो भए अध्यक्ष ज्यु के पुरुषहरु सबै पिडक नै हुन्छन् ? के नेपाली समाजमा पुरुषहरु पिडित नै छैनन् त ?
सम्बन्ध विच्छेद सम्बन्धि नेपालको कानुन प्रष्टसंग महिलामैत्रि देखिन्छ । जस्ले महिलाहरुलाई पिडित देखाएको छ भने पत्निपिडित पुरुषलाई हेपिएको देखिन्छ ।
त्यसैमा महिला आयोगकी अध्यक्ष भन्नुहुन्छ । “तथ्यगत रुपमा हेर्नुहोस् न । कानुन समाजको ऐना हो , त्यै समाजलाई नै हेरेर कानुन बनेको हो । कानुन कहिल्यै गलत हुनै सक्दैन । होला अपवादका रुपमा होलान् त्यस्ता घटना तर समाजमा अझैं पनि हेर्ने हो भने ९० प्रतिशत पिडित महिला नै हुन्छन् । ”
म्हिला पुरुष बराबर भनेर कानुनमा मात्र उल्लेख गरिएको तर व्यवहार भने अझैं देश पितृसतात्मक नै रहेको उहाँको भनाँईं छ ।
“दशकौ अघिको मुल्य मान्यतालाई यथावत राख्दै महिलालाई अहिले पनि शोषण गरिन्छ । परिवार र समाजलाई व्यवस्थापन गरेर निरन्तरता दिनु पर्ने नाममा महिलालाई दबाउँदै आइएको छ । प्राचिनकालमा झैं अहिलेपनि पटक पटक महिलाले नै चरित्रताको परिक्षा दिईरहनु परेको छ । ”
सम्बन्ध विच्छेद भनेको महिलाले आफुमाथि परेको दुर्रव्यवहारको प्रतिकारको उपज रहेको अध्यक्ष पराजुलीको बताउनुहुन्छ । “हरेक कुरामा महिलाले नै दबिनुपर्ने , सहेर बस्नुपर्ने सामाजिक मुल्यमान्यतामा टेकेर महिलाले आँट गरेर प्रतिकार गर्न शुरु गरेपछि सम्बन्ध विच्छेदको अवस्था सृजना भएको हो । जब महिलाले विद्रोह शुरु गर्छ त्यहाँ वातावरण फेरिन्छ । पति ,परिवार कसैले पनि आफ्नो अनुकुलता पाउँदैनन र महिलालाई सम्बन्ध बिच्छेद गर्नका लागि बाध्य बनाउँछन् ।”
आर्थिक लोभकै लागि कुनै पुरुषसंग वैवाहिक जिवनमा बाँधिने अनि आफै नानाभाति आरोप प्रत्यारोप लगाउँदै परिवारमा खैलाबैला मच्चाउँदै आफै सम्बन्ध विच्छेद माग्ने र सम्पति कुम्ल्याएर टाप कस्ने महिलालाई चाँही के भन्नुहुन्छ ? कि त्यहाँ पनि महिला नै पिडित मान्नुहुन्छ अध्यक्ष ज्यु ?
अध्यक्ष पराजुली सम्पुर्ण परिवारले महिलालाई गर्ने व्यवहार ,हेर्ने दृष्टिकोण परिवर्तन भएको खण्डमा सम्बन्ध विच्छेदका घटना कम हुने बताउनुहुन्छ । “हिजोका दिनलाई मुल्यांकन गर्न हुँदैन , समय फेरिएको छ ..अहिले हरेक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दागर्दै पनि पुरातन संस्कृतिलाई समेत जोगाउने बाध्यता छ महिलाहरुलाई ..अहिले झन् महिलाहरु दोहोरो ÷तेहोरो भुमिका निभाउन बाध्य छन् ।”
त्यसोभए अध्यक्ष ज्यु घरपरिवारलाई व्यवस्थित राख्नु , आफ्नाको ख्याल राख्नु परिवारलाई समय दिएर घरबार गरेर बस्नु पुरातन संस्कृति हो ?
तपाईंको नजरमा घरबाहिर काम गर्न पाउनु मात्रै स्वतन्त्रता हो ? शिक्षित महिलाको पहिचान हो ? घरको काम अनपढ महिलाले मात्रै गर्ने हो ?
त्यति मात्रै होईन.. महिलामैत्री कानुन छ भने पुरुष स्वयंम सचेत हुनुपर्ने पराजुलीको भनाईं छ ?
त्यसो भए अध्यक्ष ज्यु महिलाहरुको पो गुनासो सुन्ने, पिडा सुन्ने , महिलालाई सचेत गराउने महिला आयोग छ ।
त्यसोभए अब यहाँहरुकै पहलमा पुरुष आयोग गठन गर्न सरकारलाई झक्झकाउनुप¥यो । महिलाको आँसु पो परिवारले देख्छ , समाजले देख्छ , आयोगले देख्छ तर हाम्रो समाजमा रहेका तमाम महिला पिडित पुरुषहरुको आँसु कस्ले देख्ने ?

English
MTV NEPAL MTVNEPAL


