कानुन सबैलाई बराबर : त्यसोभए सम्बन्ध विच्छेदको कानुनमा पुरुषलाई विभेद किन ?

सम्बन्धमा “विच्छेद” शब्दको कुनै स्थाननै नहुनु पर्ने हो । तर समय,परिस्थिति फेरिसंगै सम्बन्धमा “विच्छेद” भन्ने शब्द पनि झुन्डिन थोलेको छ ।

पहिले हाम्रो समाजका कुनै पनि सम्बन्धमा “विच्छेद” को नामोनिशान हुँदैन थियो तर आधुनिकताको खोलमा समाजको वास्तविक अस्तित्व मेटिँदै जाँदा अहिले बाँचुन्जेल संगै जिउने मर्ने कसम खाएर जोडिएका सम्बन्धमा पनि “विच्छेद” नामक शब्दले ठुलै स्थान पाएको देखिन्छ ।

त्यसैले पनि समाज÷कानुन जताततै सम्बन्ध विच्छेद भन्ने बित्तिकै श्रीमान श्रीमती बिचको बैवाहिक नाताको अन्त्य भनेर परिभाषित गरिएको छ । अर्थात बैवाहिक नाता सम्बन्धबाट दायीत्व रहित तवरले अलग हुने कानुनी आधार मानिन्छ “सम्बन्ध विच्छेदलाई”…।

“सम्बन्ध विच्छेद” स्वयंम व्यक्ति ,समाज , अनि राष्ट्रका लागि समेत सकारात्मक पक्ष हुँदै होईन । त्यसैले पनि होला संसारका केहि राष्ट्रहरुले “सम्बन्ध विच्छेद” लाई अझैं अनुमति दिएका छैनन् । केहि राष्ट्रहरुले हालसालै यस सम्बन्धी कानुन बनाएका छन् भने केहि बनाउने तरखरमा छन् ।

“सम्बन्ध विच्छेद” का धेरै कारण र अवस्थाहरु हुन्छन् । सामाजिक , आर्थिक,पारिवारिक,एकअर्काप्रतिको विश्वासमा कमि लगायतका विभिन्न कारणले पतिपत्निबिचमा असमझदारी शुरु हुन्छ , मनमुटाव शुरु हुन्छ …तब सम्बन्धमा दुरी बढ्न थाल्छ ।

परपुरुष÷परस्त्री सँगको सम्बन्ध, अविश्वास, व्यभिचार ,घरेलु हिंसा, नसा ,मदिरापान ,जुवातास ,जागिर लगायतका विभिन्न कारणले पतिपत्निबिच मनमुटाव शुरु हुने गर्दछ । जब यो मनमुटावले समझदारीको साटो झैझगडाको स्वरुपमा बदलिएर भयानक रुप लिन्छ तब दम्पतिले एकअर्कासंग छुट्टिएर अलग्गै बस्ने निर्णय गर्दछन ।
सम्बन्धमा हरेक बेमेल हुन सक्छन् तर अब पुग्यो.. ,सकिदैन.. भन्ने मनस्तितिमा दम्पति आउँछन् तब “सम्बन्ध विच्छेद” नामक शब्दले आफ्नो ठाउँ ओगटि हाल्छ ।

सम्बन्ध विच्छेदको अवस्थासम्म आईपुग्नुमा श्रीमानको मात्रै या श्रीमतीको मात्रै गल्ति भन्ने चाहिँ हुन सक्दैन । वैवाहिक सम्बन्ध कुनै एक व्यक्तिले मात्रै जोड्ने सम्बन्ध होईन । उमेर पुगेका महिला र पुरुषबिच प्रेम भयो ,आपसि समझदारी भयो र एकअर्का मिलेर संगसंगै जिवन जिउने ईच्छा संकल्प भयो भने पो विवहाको सम्बन्ध हुने हो त्यस हिसाबले पनि विवहा पछिको जिवनलाई कसरी सुमधुर बनाउने,आफ्नो पारिवारिक जिवनलाई कसरी व्यवस्थापन गर्ने यो दुवैको दायित्व हुने गर्दछ । त्यसैले “सम्बन्ध” विच्छेदसम्मको अवस्थामा आईपुग्दा कुनै न कुनै तवरले दुवैजना भागेदार हुन्छन् ।

त्यसैले पनि “सम्बन्ध विच्छेद”सम्बन्धिका कानुन निर्माण भएका छन् वा हुँदैछन् भने श्रीमानश्रीमती अर्थात पतिपत्निबिचको अवस्था र अहिलेको परिवेश ÷परिस्थितिको आधारमा कानुन निर्माण गरिनुपर्छ । पिडित या पिडक महिला वा पुरुषमा जोसुकै हुन सक्छ । त्यसैले कुनै एउटा पक्षलाई मात्रै माथि राखेर अर्को पक्षलाई कमजोर बनाउने कानुन कदापी बनाउनुहुँदैन ।

एकपटक सम्बन्ध विच्छेदसम्बन्धी हाम्रो देश नेपालको कानुनी व्यवस्था र प्रक्रियालाई नियांलौं
मुलुकी देवानी संहिता, २०७४ ले सम्बन्ध विच्छेद र सोसँगै उत्पन्न हुने कानूनी कर्तब्य र जिम्मेवारीलाई नियमन तथा व्यबस्थापन गरेको छ । यसमा पति पत्नी दुबैले चाहेमा जहिले सुकै पनि सम्बन्ध विच्छेद गर्न सक्छन् भन्ने कुरा उल्लेख गरिएको छ ।

१) नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानूनी प्रावधान र मुद्दा गर्न सक्ने सम्बन्धित अदालतः
सम्बन्ध विच्छेद सम्बन्धी कानूनी प्रावधान र प्रकृया मुलुकी देवानी संहिता, २०७४ को दफा ९३ देखि दफा १०४ मा व्यवस्था गरिएको छ र सम्बन्ध विच्छेदका लागि सर्वप्रथम सम्बन्धित जिल्ला अदालतमा निवेदन दिइन्छ। सम्बन्ध विच्छेदको मुद्दा दर्ता र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुन्छ। पति वा पत्नीको विवाह भएको जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गर्न सकिन्छ। साथै विपक्षी हाल बसोबास गरिरहेको जिल्ला अदालतमा पनि मुद्दा दर्ता गर्न सकिन्छ।

२) पति वा पत्निको सम्बन्ध बिच्छेद गर्न सहमति नभएको अवस्थामा मुद्दा दायर गर्न मिल्ने कानुनी व्यवस्थाः
सम्बन्ध विच्छेद गर्न इच्छुक कुनै पनि पक्ष (पति वा पत्नी) ले सम्बन्ध विच्छेद मुद्दा दायर गर्न सक्नेछन्। पति वा पत्नीले निम्न बमोजिम उल्लेख गरिएका कुनै पनि अवस्थामा एक अर्काकको सहमति बिना सम्बन्ध विच्छेद गर्न सक्नेछन्।

क) पतिले सम्बन्ध विच्छेद गर्न सक्नेः पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभएता पनि सम्बन्ध विच्छेद गर्न सक्नेः–

(१) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,

(२) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

(३) पत्नीले पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,

(४) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा।

ख) पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेः पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभएता पनि सम्बन्ध विच्छेद गर्न सक्नेः–

(१) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न भएको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा,

(२) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

(३) पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,

(४) पतिले अर्को विवाह गरेमा,

(५) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,

(६) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा।

ल हेर्नुहोस् त….. पति वा पत्निले सम्बन्ध विच्छेद गर्न पाउने अवस्थामै पनि नेपालको कानुनले महिलालाई प्रथामिकता दिएको देखिन्छ …

जस्तोकी पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्थाको ६ नम्बरमा हेर्नुहोस् …जहाँ पतिले पत्निलाई जबरजस्ति करणी गरेको ठहरेमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न पाउने भनिएको छ तर पतिले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्थामा पत्निले पतिलाई जबरजस्ति करणी गरेको ठहरेमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न पाउने भनेर किन उल्लेख गरिएको छैन ?
पत्निको ईच्छा विपरित पतिले यौन सम्बन्ध राखेको खण्डमा पत्निलाई जवर्जस्ती करणी अनि पतिको ईच्छा विपरित पत्निले यौन सम्बन्ध राख्न खोजे पति जवर्जस्ती करणी परेको चाँही नहुने ? के संधै पतिकै ईच्छामा मात्रै पत्निले शारिरिक सम्बन्ध राख्छन् त ?

पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्थाकै ४ नम्बरको बुँदालाई नै हेर्नुहोस् जहाँ पतिले अर्को विवहा गरेको खण्डमा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने भनेर उल्लेख गरिएको छ जुन पतिको हकमा भने छैन । किन ? हाम्रो समाजमा घरमा श्रीमान,बालबच्चा हुँदा हुँदै पनि अर्को पुरुषसंग विवहा गर्ने महिला पनि त उतिकै छन् । के पुरुषले मात्रै घरमा श्रीमती हुँदाहुँदै अर्को विवहा गरेका छन् ? पत्निपिडित पुरुषहरुको लागि खोई कानुन ?

यति मात्रै होईन नेपालको कानुनमा कुनैपनि पत्निले आफ्नो पतिले नै किन नहोस् जवर्जस्ती करणी गर्न आएको खण्डमा पत्निले आत्मरक्षाको लागि गरेको प्रतिकारले पुरुषको ज्यान गयो भने अस्मिता जोगाउनका लागि गरिएको आत्मरक्षा भनेर कानुनले उम्काएको छ तर त्यस्तै क्रुर महिलाले पतिको हत्या गर्ने मनसायले नै जानि जानि यस्तो अवस्था सृजना गरेको खण्डमा चाँही के गर्ने ? त्यो हत्यालाई पनि आत्मरक्षा भनेर छोड्दिने ? यसबारेमा कानुनमा उल्लेख गरिनु पर्दैन ?

त्यतिमात्रै होईन स्वतन्त्रताको नाममा , साक्षरता, आधुनिकता, आत्मनिर्भरताको नाममा पुरुषलाई आफ्नो पैतालामुनि कुल्च्याएर राख्न खोज्ने महिला पनि प्रसस्तै छन् हाम्रो समाजमा.. कतिले त आर्थिक प्रलोभनकै लागि सोझासाझा तथा आर्थिक रुपले सम्पन्न पुरुषसंग विवहा गर्ने र विवहा पश्चात विभिन्न आरोप प्रत्यारोप लगाउँदै सम्बन्ध विच्छेदको अवस्थामा पु¥याउने र सम्बन्ध विच्छेद पश्चात धनसम्पति कुम्ल्याएर आफ्नो बनाउने ट्रेन्ड पनि छया्पछयाप्ति छ समाजमा …. कति पुरुषहरुले पत्निको यस्तै जालझेलको सामाना गर्न नसकी आत्महत्याको बाटो समेत अपनाउन बाध्य छन् । उनिहरुको लागि कानुनमा उल्लेख गरिनु पर्दैन ?
पत्नि भएकै आधारमा सम्पतिमा हक दाबी गर्न पाउने कि अवस्था हेरेर ?

सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नुपर्ने अवस्थाको २ मा अंशबण्डा हुन लामो समय लाग्ने देखिएमा अदालतले पति पत्नीबीच सम्बन्ध विच्छेद गराउने र अंशबण्डा नहुन्जेलसम्म पतिको सम्पत्ति र आम्दानी अनुसार पत्नीलाई खाना÷लगाउने खर्च भराई दिन आदेश गर्न सक्ने भनेर उल्लेख गरिएको छ ।

तर एउटा शिक्षित, पढेलेखेकी , आर्थिक रुपले सबल महिला जो स्वतन्त्रताकै लागि सम्बन्ध विच्छेद गर्न चाहिरहेकी छे उसलाई किन पतिले खर्च व्यहोर्नुप¥यो ?

हाम्रो समाजमा बढीरहेका सम्बन्ध विच्छेदका घटना र यसबारेमा बनेको नेपालको महिलामैत्री कानुनको प्रत्यक्ष असर पत्निपिडित पुरुष ,सम्बन्ध विच्छेद भएका र गर्न चाहाने दम्पतिको सन्तानहरुमा परेको छ । नेपालको कानुनमा कुनैपनि ५ वर्ष मुनिको बालबालिका आफ्नो आमाले हेर्नुपर्ने कुरा उल्लेख छ । तर स्वयंम सोही महिलाकै कारण यस्तो अवस्था आएको हो अथवा त्यो बच्चा पालनपोषणका लागि ति आमा शारिरिक,मानिसिक तथा आर्थिक रुपमै सबल छिन कि छैनन् भन्ने कुरालाई पनि कानुन बनाउनेहरुले सोच्न आवश्यक छ । किनकी कुनै पनि गलत वातावरण र गलत व्यक्तिको पालनपोषणमा हुर्केको बच्चाले परिवार ,समाज,देशलाई सकारात्मकता तिर नभई नकारात्मक अवस्थामा ल्याउन प्रेरित गर्न सक्दछ । त्यसैले बाबु वा आमा जो सन्तानको राम्रो पालनपोषण,उचित शिक्षादिक्षा,संस्कार हरेक कुराको लागि सक्षम छ त्यस्तो व्यक्तिलाई बच्चाको जिम्मा लगाउने कानुन बनाउनु आवश्यक छ ।

सानै उमेरमा बाबु वा आमाबाट छुट्टिनु पर्ने बाध्यात्मक अवस्था त्यसैमाथि बाबुआमाबिचको झैझगडाको प्रत्यक्षदर्शी बन्नु पर्दा उनिहरुको बाल मनोविज्ञानमा निकै नै गहिरो असर पर्ने गर्दछ जस्को फलस्वरुप उनिहरुको भविष्य नै अन्यौलतामा पर्ने अवस्था आउँदछ । यस्तै सम्बन्ध विच्छेदकै कारण धेरै बालबालिकाहरुको पढाई बिग्रिनुका साथै लागुऔषध दुव्र्यसनीमा फस्ने समेत खतरा पनि उत्तिकै हुन्छ । त्यसैले यस विषयमा सम्बन्धित सबैले गहिरिएर सोच्नु अत्यन्तै जरुरी छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com