लिटिल बुद्ध प्रकरण : कुख्यात अपराधी ? या धार्मिक राजनीति मात्रै ?

मंगलबार मात्रै पकाउ परेका राम बहादुर बमजन जो लिटिल बुद्धका नामले विश्वभर चिनिन सफल छन् उनको चर्चा पुन ः शुरु भएको छ । कडा सुरक्षाबिच रहेको आलिसान घरबाटै उनि मंगलबार सिईबीको फन्दामा परे ।

यसो त यसअघि पनि सीआईबीले उनलाई पक्राउ गर्न नखोजेको भने होईन तर मस्ट वान्टेट सुचिमै रहेका बमजनलाई विभिन्न कारणले सिआईबीले पक्राउ गर्न सकेको थिएन् ।

सामान्य किसान परिवारमा जन्मिएका बमजनले १६ वर्षदेखि नै तपस्या थालेका थिए । एउटा कलिलो ठिटो बाराको जंगलमा केहि महिनादेखि निराहर तपस्या गरिरहेको कुरा बाहिर आएपछि राष्ट्रिय÷अन्र्तराष्ट्रिय सबै मिडियाले उनलाई हेडलाईन बनाए । अन्र्तराष्ट्रिय चर्चित च्यानलहरुले उनको डकुमेन्ट्रि बनाएर प्रशारण गर्न सम्म भ्याए । तिनै अन्तर्राष्ट्रिय मिडियाले नै उनलाई लिटिल बुद्धको उपनाम दिए ।

त्यसपछि उनको चर्चाको सिमा रहेन । बौद्ध धर्मावलम्बिहरुले उनलाई बद्धकै अवतारका रुपमा पुज्न थाले । उनका अनुयायीहरु दिन प्रतिदिन बढ्न थाले । विभिन्न प्रभावसाली व्यक्तित्वहरु पनि उनको शरणमा पुग्न थाले । उनको शक्ति र वर्चश्व दिन दुई गुणा रात चौ गुणाले बढ्न थाल्यो । स्वदेशि मात्रै होईन हजारौं विदेशि पनि उनका अनुयायी बने । त्यति मात्रै होईन उनले जहाँ तपस्या गर्न शुरु गर्थे सोही ठाउँलाई स्वयंम सरकारले नै धार्मिक स्थलका रुपमा घोषणा गथ्र्यो ।
अब तपाईं आफै उनको क्रेज र शक्तिको अनुमान लाउनुहो होस् .. ?

उनको आश्रम खोल्दै स्वदेश तथा विदेशमा आफ्ना अनुयायी बढाउने क्रम चलिरह्यो । त्यति मात्रै होईन उनले आफु भगवान बुद्ध भन्दा ठुलो भएको भन्दै आफ्नो छुट्टै धर्मको स्थापना गर्न पनि भ्याए…

उनि सर्वत्र चासोका विषय बने । तर उनको चर्चाले विस्तारै विवादको स्वरुप लिन थाल्यो ।

केहि वर्षदेखि उनिमाथी विभिन्न आरोपहरु लाग्न थाले । उनकै आश्रममा गएका अनुयायीहरु नै एकएक गर्दै हराउन थालेपछि उनि विरुद्ध प्रहरी चौकीमा उजुरीहरु पर्न शुरु ग¥यो । पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका केही “अनुयायी“ त्यहाँबाट नफर्किएपछि सिन्धुपाल्चोककै बाँडेगाउँस्थित आश्रम सिलबन्दी गरेर प्रहरीले अनुसन्धान थालेको थियो । उनिविरुद्ध विसं २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन एक व्यक्तिको परिवारले किटानी जाहेरी दिएपछि सर्लाही जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दियो । त्यसपछि प्रहरीले उनको खोजी कार्य तिब्र पा¥यो तर उनी फेला परेनन् ।

उनि विरुद्ध व्यक्ति सम्पर्कविहिन पारेको मात्रै नभई आफ्नै आश्रममा बस्ने आनी माथी समेत बलात्कार जस्तो जघन्य अपराध गरेको आरोप पनि लागेका छन् । तर उनको क्रेजलाई यी आरोपले कुनै असर पारेको छैन । बालयौन दुराचार सहित अन्य विभिन्न कसुरहरूमा उनिमाथी विभिन्न जिल्लाका अदालतमा मुद्दा परेका छन् । जुन मुद्दा आजका दिनसम्म पनि विचाराधिन छन् ।

सादगी भगवान बुद्धको अवतार मानिने लिटिल बुद्धमाथी लागेका अपराधका आरोप भने निकै नै असाधारण छन् । ४ जना व्यक्ति उनकै आश्रमबाट हराईरहेको आरोप लाग्दा बलात्कार देखि हिंसाका कयौं उजुरी उनि विरुद्ध परेका छन् ।

संधै साधारण सेतो वस्त्र धारण गर्ने तपस्वी कहलाइएका राम बहादुर बमजन प्रहरीको फन्दामा पर्दा भने राजधानी बुढानिलकण्ठ ६ स्थित उनको आफ्नै आलिसान घरमा भेटिए । त्यहाँ बमजन मात्रै भेटिएनन् उनले बाँचीरहेको आलिसान जिवन पनि भेटियो । उनको घरमा ३ करोड नेपाली रुपैंयाँ सहित लाखौंको विदेशी मुद्रा पनि भेटिएको छ । आलिसान गाडी , धेरैको संख्यामा विभिन्न ब्रान्डका मोबाइलहरू, आइप्याड र ट्याबहरू, ल्यापटप र पेनड्राइभसहितका उपकरण प्रहरीले उनको घरबाट बरामद गरेको छ ।

उनि घरको झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा पक्राउ परेका हुन् । बमजन पक्राउ परेसंगै देशमा धार्मिक राजनितिक भएको भन्दै उनका अनुयायीहरुले आवाज उठाउन थालेका छन् । उनिमाथी लागेका आरोपहरु सबै झुटो रहेको भन्दै उनलाई फसाउने षड्यन्त्र गरिएको उनिहरुको दाबी छ ।

उनिहरुले आफुहरु गुरुका लागि ज्यान नै दिन तयार रहेको र यदी उनलाई निर्दोष सावित गरि आरोपमुक्त नगरिएको खण्डमा नेपालमा ठुलै धार्मिक द्धन्द निम्तिने चेतावनि दिईरहेका छन् ।

खैर..उनि साँच्चै नै अपराधी हुन् या होईनन् भन्ने कुरा कानुनले प्रष्ट्याउने नै छ तर नेपालमा अहिले विभिन्न कारणले धार्मिद्धन्द निम्तिन शुरु भईसकेको छ यसलाई भने नर्कान सकिदैंन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com