फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाँईले पक्कै याद गर्नुभएको होला ….हलमा प्रवेश गरिसकेपछि जब स्क्रिन खुल्छ सबैलाई लाग्छ कि अब फिल्म शुरु हुन लाग्यो तर त्यसको १० मिनेट पछि मात्र फिल्म शुरु हुन्छ । त्यो १० मिनेटको समयमा अनेक विज्ञापन देखाईन्छ । बिना रुकावट आनन्दले फिल्म हेर्न गएका दर्शकलाई १० मिनेट सम्म दुनियाँभरका विज्ञापन देखाउँदा कस्को पारो नतात्ला र ?
कमसेकम टेलिभिजनमा दर्शकले फ्रिमा विज्ञापन हेर्छन तर हलमा गएर त पैसा तिर्नु परिरहेको छ । हलहरुले मनोमानी ढंगले पैसा लिएर विज्ञापन देखाउँछन् ।
टेलिभिजनमा बिचबिचमा विज्ञापन आएर हेर्न डिस्टब मान्ने दर्शक झन् हलमा गएर दश मिनेट सम्म विज्ञापन हेर्न बाध्य छन् ।
के भन्छ विज्ञापन बोर्ड ?
खासमा यो कस्तो निति हो ? विज्ञापन बोर्डका सुचना अधिकारी दिनेश लुईटेल भन्नुहुन्छ “चलचित्रमा विज्ञापन देखाउन पाईन्छ तर सो विज्ञापन सामाग्रीको बोर्डमा परिक्षण गराएको हुनुपर्छ , ती परिक्षण गराएका विज्ञापन मात्र चलचित्रमा प्रशारण गर्न पाईन्छ र जहाँसम्म यसको नियमन गर्ने भन्ने कुरा छ यसका लागी सबै नितिहरु ब्निसकेको छ । जुन आउने आईतबारदेखि लागु गर्ने तयारी गरेका छौं ।”
टेलिभिजनले विज्ञापन नपाएर बन्द हुने अवस्थामा छन् हलमा विज्ञापन नै विज्ञापन यसमा विज्ञापन बोर्डलाई कुनै हेक्का छैन । बस चलचित्रमा विज्ञापन देखाइएकोमा मख्ख छ बोर्ड ।
उपभोक्त संरक्षण मञ्चलाई यसबारे थाहै छैन ….
पैसा तिरितिरि पनि विज्ञापन हेर्न दर्शक बाध्य भईरहेको बेला उपभोक्ता हित संरक्षण मञ्च नेपाल मौन छ ।
दर्शक यसरी ठगिएका छन् तपाईहरु यसमा जानकार हुनुहुन्छ कि नाई ? भन्दा मञ्चका केन्द्रिय सचिव जय प्रसाद पौडेलले यो विषय अहिलेसम्म अन्डर स्टडिकै विषय रहेको बताउनुभयो ।“ यो अहिले हाम्रो अन्डर स्टडिकै विषय रहेको छ । हजुरहरुले एकदम राम्रो विषय वस्तु उठाउनु भएको छ , यो विषय अनलाईन व्यपार,विधुतिय ऐन अन्तर्गत पर्ने विषय हुन् । यसमा हाम्रो पनि ध्यानाकषर््ण भएको छ ,यसलाई हामीे गहन रुपमा लियर अघि बढ्ने छौं । ” उहाँले यो अहिलेको जल्दो बल्दो विषय रहेको भन्दै विज्ञापन भनेको सुचना दिने हो भ्रमित पार्ने होईन भन्दै यसका विरुद्धमा मुद्दा उठाउने बताउनु भयो ।
प्रमख सरकारी निकायको गैर जिम्मेवार जवाफ ..
सुचना तथा प्रशारण विभागका प्रवक्ता भरत गौतमले यसबारेमा अति नै गैर जिम्मेवार जवाफ दिएर पन्छिएका छन् । प्रवक्ता गौतमले टेलिफोन सम्पर्कमा भनको कुरा जस्ताको तस्तै “तपाईले एकदम राम्रो विषय उठाउनु भयो ,यो क्लिन फिड संग सम्बन्धित विषय हो , यसको जिम्मा हामीले विज्ञापन बोर्ड र चलचित्र विकास बोर्डलाई दिएका छौं ,तपाई त्यतै फोन गरेर बुझ्नु न बरु नम्बरु म उपलब्ध गराईदिउँला ।”
के दर्शक विज्ञापन हेर्न फिल्म हल गएका हुन्छन् र ? तर यहाँ दर्शकको पिडा कसले बुझ्ने ? सरकारी संयन्त्रलाई मतलब नै छैन । करोडौं लगानि गरेका टेलिभजनले विज्ञापन पाएका छैनन् ,फिल्म हललाई विज्ञापन ? के टेलिभिजनको नामोनिशान मेटाएर फिल्म हल व्यवस्थापक,सञ्चालकलाई मोटाउन चाहान्छ सरकार ?

English
MTV NEPAL MTVNEPAL


