आन्तरिक राजश्व विभाग भन्छ निति कडा छ , त्यसो भए लक्ष्य अनुरुपको राजश्व संकलन खै ? डिजिटल सिस्टमको विकासले कसैले कर छल्ने आँट गर्दैनन् : उपमहानिर्देशक अर्जुन प्रसाद भट्टराई

अब कसैले पनि सहजै कर छलि गर्न सक्ने अवस्था नरहेको आन्तरिक राजश्व विभागले जनाएको छ । तर अझंै पनि ठुला ठुला व्यापारिक घराना तथा कम्पनिहरुले सरकारलाई बुझाउनु पर्ने राजश्व बुझाएको पाईदैंन ।
विभागको संचालन महाशाखाका उप–महानिर्देशक अर्जुन प्रसाद भट्टराईले अहिले विभाग डिजिटल सिस्टममा गएकाले पहिले जसरी सजिलै कर छल्ने अवस्था नरहेको बताउनुभयो । तर अझैं पनि व्यवसायीले आफ्नो आम्दानीमा गिरावट आएको विवरण पेश गर्दै पनि कर छलि गरिरहेका छन् ।

देशभर ५५ लाख बढी करदाता रहेको बताउँदै उहाँले स्थायी लेखा नम्बर (प्यान) मा मात्रै ३६ लाख बढी करदाता जोडिसकेको जानकारी दिनुभयो । तर यति धेरै करदाता रहे पनि सरकारले कहिल्यै लक्ष्य अनुरुपको राजश्व संकलन गरेको देखिदैन ।
जहाँ आम्दानी हुन्छ त्यहाँ स्वत कर लाग्ने भन्दै उहाँले कर छलि गरेर जोगाएको सम्पति भनेको चोरेर, लुटेर कमाएको जस्तो हुने र त्यो सम्पति ढिलो चाँडो अवश्य जोखिममा पर्ने बताउनुभयो । त्यसैले पनि फियर कारोबार गर्दा हुने फाईदा करदाताले बुझ्न निकै आवश्यक रहेको भट्टराईको भनाई छ । तर यहाँ त कर्मचारी कै कामकारबाही फेयर देखिदैंन ,करदाता पनि कर छल्न पाए ठुलै उपलब्धि हासिल गरे जस्तो गर्छन् ।

उप–महानिर्देशक भट्टराईका अनुसार अहिले आन्तरिक राजश्व विभागको अवस्था पहिले भन्दा निकै शुधार भएको छ । पछिल्लो समय भन्सारमा आयात कम भएकाले पनि आन्तरिक राजश्वमा निकै शुधार भएको भन्दै उहाँले अहिले कुल राजश्व संकलनको ४७ प्रतिशत योगदान आन्तरिक राजश्वको रहेको बताउनुभयो । तर भन्सारबाट अनाधिकृत रुपमा ओसारपसार गर्ने क्रम रोकिएको छैन ,चारी पैठारी रोकिएको छैन , अनि त्यसमा राजश्व विभागको ध्यान खै ?
कर्मचारी त्यति शसक्त हुन नसक्नु र करदातामा करको उचित ज्ञान नभई सृजियको इमान्दारिताको अभावले कर संकलनमा केहि समस्या देखिए पनि विभागले सबै समस्याको निक्र्योल निकाल्न तर्फ लागि परि नै रहेको उहाँले बताउनुभयो । सबै सरकारी कार्यालयको यो साझा भनाई नै हो तर कार्यान्वयन गरेको खै ? कि जनतालाई आश्वासन दिने काम मात्र हो ?

कर संकलन कम हुनुमा ठुला ठुला व्यापारी र कर्मचारीकै सेटिंग प्रमुख कारण हो ? भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो “प्रमाण बिना त्यसरी हामीले बोल्न मिल्दैन , हो हाम्रा पनि केहि कमिकमजोरी होलान् जसलाई हामीले सुधार्न कोसी गरिरहेका छौं । फेरि गत वर्षदेअि हामीले जसरी अनलाईन बिलिङको सिस्टम ल्याएका छौं त्यसले सबै कारोबार प्रष्ट हुन्छ । सम्बन्धित अन्य निकायको पनि हामी काम कारबाही सहजै हेर्न सक्ने भएकोले त्यस्तो कर्मचारीको मिलेमतो नहुने र भएको खण्डमा पनि त्यस्ता कर्मचारीलाई हामीले कारबाहीको दायरामा ल्याउछौं । ” त्यसो भए अहिलेको सुन काण्डमा प्रमाण नै भेटिए पनि किन आरोपी सबैलाई कारबाहीको दायरामा ल्याउन नसकेको त ?

उहाँले ३५ करोड बढीको कारोबार गर्ने करदातालाई गत वर्षदेखि कम्पुटर बिलिङ प्रक्रियामा जोडेको भन्दै अब २५ करोड माथिको कारोबार गर्ने करदातालाई पनि जोड्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । एनसेल जस्ता ठुला कम्पनिको आम्दानी बढ्नुमा सरकारको संलग्नता रहेको भन्ने कुरामा स्पष्टिकरण दिँदै भन्नुभयो “ यस्ता हल्ला निरिह हुन् , उहाँहरु स्वयंम करका विषयमा सकारात्मक हुनुहुन्छ । फेरि यस्ता ठुला कम्पनि डाटाबेसमा हुने भएकाले कर छलि भन्ने कुरा हुदैंन । यदि उनिहरुले कर छलि गरेको भेटिएको खण्डमा पनि कारबाही गर्न कसैको बाधा छैंन । ”
त्यसो भए एनसेल , स्मार्ट सेल जस्ता कम्पनिले सरकारलाई बुझाउनु पर्ने कर अझैं नबुझाएका खबर निरिह हुन त ?

नेपाल जस्तो सानो मुलुकमा ५५ लाख बढी करदाता हुनु नै सकारात्मक पक्ष रहेको भन्दै अफलाईन कारोबार गरि कर छलि गरेको भन्ने जस्ता समस्याको समाधान गर्न आन्तरिक राजश्वको कुन कुन क्षेत्रमा सुधार गर्न सकिन्छ भन्नेमा विभाग केन्द्रित रहेको उहाँले बताउनुभयो । करदाताले गरेको कारोबारका बारेमा जानकारी दिने समेत प्रयास गरिरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
करदाताको संख्या बढ्नु मात्र ठुलो कुरा हो की कारोबार पारदर्शि हुनु ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com