टेलिभिजनलाई विज्ञापन छैन,, हल सञ्चालकको दुईटै हातमा लड्डु टेलिभिजन प्रशारक संघका अध्यक्षको आरोप : विज्ञापन बोर्डको लाचारीपन

विज्ञापन सञ्चार माध्यम सञ्चालनको प्रमुख मेरुदण्ड हो । आर्थिक श्रोतको मुख्य पाटो विज्ञापन नै नपाएर पछिल्लो समय नेपाली टेलिभिजनहरु निकै दयनिय अवस्थामा पुगेका छन् ।

तर पछिल्लो समय हल सञ्चालक भने मोटाउदै गएका देखिन्छन् ।
किनकी हल सञ्चालकलाई अहिले दुईटै हातमा लड्डु हात जो परेको छ । एकातिर फिल्मबाट पैसाको ओईरो लागेकै छ भने हल सञ्चालकलाई अहिले विज्ञापन पनि अभाव छैन ।

नितान्त मनोरञ्जन लिन गएका दर्शकलाई राम्रो लागोस् या बोर हल सञ्चालकलाई यसको मतलब छैन तर तपाई यदि फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाँईले पक्कै याद गर्नुभएको होला । हलमा प्रवेश गरिसकेपछि जब स्क्रिन खुल्छ त्यसको १०–१५ मिनेट पछि मात्र फिल्म शुरु हुन्छ । त्यो समयमा अनेक विज्ञापन देखाईन्छ ।

करोडौं खर्चेर ,राज्यलाई लाखौं कर तिरेर सञ्चालित टेलिभिजनहरु अहिले बन्द हुने स्थितिमा पुगे पनि, फिल्म हेर्न गएका दर्शकको भावनामा ठेस पुगेपनि कसैलाई मतलब छैन यहाँ , बस् हल सञ्चालकको भने राम्रै आर्थिक उन्नति भएको देख्न सकिन्छ ।

दर्शकलाई वितृष्णा नै लाग्ने गरेर जर्बरजस्ति विज्ञापन देखाउनु कुनैपनि तवरले न्यायोचित नहुने राष्ट्रिय टेलिभिजन प्रशारक संघका केन्द्रिय अध्यक्ष शंकर अधिकारी बताउनुहुन्छ । हामीसंगको टेलिफोन वार्र्तामा अधिकारीले भन्नुभयो “यो राम्रो विषय हुँदै होईन,नितान्त मनोरञ्जनका निम्ति फिल्म हेर्न गएका दर्शकलाई जबरजस्ति विज्ञापन देखाउनु , दर्शकलाई अफ्ठ्यारो परिस्थितिमा पार्नु यो कुनैपनि किसिमबाट न्यायोचित मानिदैन ,यो एकदम गलत कार्य हो । ”
यसको नियमन गर्ने प्रमुख निकाय भने विज्ञापन बोर्ड भएपनि बोर्डले पनि उचित ढंगले काम गर्न नसकेको उहाँले औंल्याउनुभयो । यसमा र्बोड नै लाचार बनेको उहाँको आरोप छ । “यसलाई राक्ेनु पर्ने ,नियमन गर्नुपर्ने प्रमुख काम विज्ञापन बोर्डको हो तर बोर्डले पनि सहि ढंगले काम गरेको देखिदैन । ”

यता विज्ञापन बोर्डका सुचना अधिकारी दिनेश लुईटेले भने चलचित्रमा विज्ञापन देखाउन पाईने तर सो विज्ञापन सामाग्रीको बोर्डमा परिक्षण गराएको हुनुपर्ने बताउनुभयो ।

यो कुरालाई प्रशारक संघ अध्यक्ष अधिकारीले प्रतिकार गर्दै भन्नुभयो“यो कुरा हुँदै होईन ,फिटिक्कै होईन हलमा त मान्छे नितान्त मनोरञ्जन लिन गएका हुन्छन् । अब जुन विषयमा कानुन नै बन्या छैन, सिनेमा हलहरुमा विज्ञापन देखाउन पाईदैन । यो चाँही सरकारी कर्मचारीको पारामा काम गर्नेहरुको जवाफ यस्तै नै हुन्छ । तर यदि विज्ञापन र्बोडले साँच्चिकै मोनिटोरिङ गर्ने हो भने कुनै पनि सिनेमा हल , लगायतका अन्य सार्वजनिक स्थलका कुनै पनि ठाउँमा त्यसरी विज्ञापन देखाउने कार्यलाई बन्दै गर्नु पर्छ ,यो कडाईका साथ लागु गर्नु पर्ने विषय हो तर बोर्ड यसमा निकै लाचार बनेको अवस्था छ । ”

बोर्ड भने परिक्षण गराएका विज्ञापन मात्र चलचित्रमा प्रशारण गर्न पाईने भनेर सबै नितिहरु बनिसकेको भन्दै आउने आईतबारदेखि लागु गर्ने तयारी गरेको बताउँछ ।

तर अध्यक्ष अधिकारीले बोर्डले विज्ञापन परिक्षण गराएर देखाउन चलचित्रमा देखाउन पाउने भन्ने सस्तो जवाफ दिएर पन्छिएको बताउनुभयो । “त्यो पहिल्यैदेखि सञ्चार मन्त्रालयले बार्डलाई जिम्मा दिएको विषय हो सिनेमा मात्रै होईन अन्य जुनसुकै सञ्चार माध्यममा देखाईने विज्ञापन होस् बोर्डमा परिक्षण गराउनुपर्छ भनेर पहिल्यै भनिएको विषय हो , अहिले यस्तो सस्तो जवाफ दिएर बोर्ड पन्छिन खाजेको हो ।”

उहाँले मुख्य निकाय भनेको बोर्ड नै भएपनि बोर्ड भने कहाँ बाट कति कमिसन आउँछ भन्नेमै व्यस्त रहेको आरोप लगाउदै यसमा उपभोक्ता अधिकारका विषयमा काम गर्ने संगठनहरु सचेत भई आवाज उठाउनु पर्ने बताउनुभयो ।

तर उपभोक्त संरक्षण मञ्चलाई यसबारे कुनै हेक्का छैन । मञ्चका केन्द्रिय सचिव जय प्रसाद पौडेलले यो विषय अहिलेसम्म अन्डर स्टडिकै विषय रहेको बताउनुभयो । हामीले फोन गरिसकेपछि उहाँले भन्नुभयो “यो त एकदम जलदोबल्दो समस्या हो हामी पनि अब यसमा आवाज उठाउनेछौैं । ”

यता टेलिभिजनको अवस्था नाजुक बन्दै गएकोमा अधिकारीले दुखोसो पोख्नुभयो । “सरकारी संयन्त्रकै कारणले पनि हाम्रो यो अवस्था हुँदै गईरहेको छ तर हामीले टेलिभिजनको स्थिीति उकास्नको लागी सम्बन्धित निकायसंग बसेर बहस पैरवी गरिरहेको छौं । उहाँले टेलिभिजनको अवस्थाका लागी निति नियम बनाउन पनि सरकारसंग पहल गरिरहेको जानकारी दिनुभयो ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com