गर्मी र वर्षासँगै बढ्ने गर्छन सर्पदंशका घटना ,सर्पले डसे के गर्ने ?

गर्मी र वर्षासँगै सर्पदंशका घटनाहरू बढ्ने गर्दछन् । समयमै उपचार नपाँउदा कतिको मृत्यु हनेगरेको छ भने कोही शारीरिक अपाङ्गता बेहोर्न बाध्य हुन्छन् । गृह मन्त्रालयको तथ्यांक अनुसार नेपालका २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छन् । ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा जटिल समस्या उत्पन्न हुने गरेको र कतिको ज्यान जाने गरेको भन्दैै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हेमचन्द्र ओझाले हामीसंगको टेलिफोन वार्तामा नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाईने गरेकोमा तीमध्ये २० प्रजाति विषालु मानिने बताए । ओझाका अनुसार हाल नेपालमा वाषिर्क २० हजार मानिस सर्पका कारण पीडित हुने गरेकोमा २०० जनाले सर्पको डसाइबाटै ज्यान गुमाइरहेका छन् ।
सर्पदंशका घटना सबैभन्दा बढि तराईमा हुने गरेको छन् । पहाड र हिमालको तुलनामा तराईमा पाइने सर्प बढि विषालु हुने गर्दछन् । तर सर्पको वासस्थान मासिंदै जानु र जलवायु परिवर्तनका कारण सर्प हिमाली र पहाडी भागमा सर्दै गएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ । महाशाखाका अनुसार नेपालमा मात्र होईन विश्वमै पनि सर्पदंशको औषधिको अभाव छ । अन्य रोगको जस्तो यसको औषधि सर्वसुलभ नहुँदा सर्पदंशबाट मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।।

सर्पले टोकेपछि के गर्ने ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखाका अनुसार सर्पले डसेको व्यक्तिलाई हतोत्साही बनाउने खालका कुनै पनि काम गर्न हुदैंन । सर्पले टोक्नेबित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अंगलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ । यस्तो बेला कुनै पनि खानेकुरा खानुहुँदैन ।
सर्पले टोकेको ठाँउभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने गरेकोमा यसो गर्दा रक्तसञ्चारमा समस्या हुने महाशाखाको भनाई छ । त्यसैले सर्पले टोेकेको स्थानभन्दा माथि हलुकासँग मात्रै बाँध्नुपर्छ ।
विषालु सर्पले टोकेको दुई घण्टाभित्र बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले झारफुकजस्ता अन्धविश्वास नअल्झिई चाँडो उपचार केन्द्रमा लैजान महाशाखाले शुझाव दिएको छ ।

सर्पको टोकाइबाट कसरी सुरक्षित रहने ?
-वर्षाको समयमा झारहरु एकदम छिटो पलाउने भएकाले घर वरपर सफासुग्घर राख्नुपर्छ
-लामो बाहुला भएको लुगा लगाउने
-बेलुकाको समयमा घर बाहिर धेरै नहिड्ने ,यदि हिड्नै परे पनि जुत्ता लगाएर मात्रै हिंड्ने गर्नुपर्छ
-बेलुका हिंड्दा टर्चलाइट लिएर हिंड्ने
-खाटमा सुत्ने बानी गर्ने
-ओछ्यानमा झुल टाँगेर सुत्ने

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com