मिटर ब्याज,सहकारी पछि अहिले काठमाडौंमा लघुवित्त पिडितको आन्दोलन चर्किएको छ । आज पनि माईतघरदेखि जुलुस निकाल्दै नयाँ बानेश्वर पुगेको टोलीले दिनभर व्यवस्थापिका संसद अगाडी नारा बाजी ग¥यो । हजौरौंको संख्यामा रहेका पिडितको समुह र प्रहरीबिच धरपकड समेत पेरेको थियो । दुईदिन अगाडि सिंहदरबार घेरेका पिडितले आज वर्षाको प्रवाह नगरि संसद भवन घेरेका हुन् ।
‘विपन्न समुदायको आयस्तर उकास्ने’ भन्दै गाँउ–सहर पसेका लघु वित्तले आज तिनै वर्गका मानिसहरुलाई ‘सुकुम्वासी’ बानाएको छ । बैंक सेवा सबै गाउँ घरमा पुग्न सकेको छैन । प्रक्रिया पनि लामो हुन्छ । लघुवित्तबाट ऋण निकाल्न न सम्पति देखाउनुपर्ने न धितो राख्नुपर्ने । यसरी सहज ऋण पाउने भएपछि विशेषगरि मानिसहरु लघुवित्त तर्फ आकर्षित भएको देखिन्छ । तर लगानीको प्रतिफल नआई मासिक किस्ता बुझाउन परेपछि एकातिरको ऋण टाल्न, अर्कोतिर ऋण लिने क्रममै उपभोक्ताहरु दलदलमा फस्ने गरेका छन् ।
बरु पहिल्यै ठिक थियो आपतविपत पर्दा साहु महाजनले समस्या टार्दिन्थये तर अब त्यो पनि रहेन तर लघुवित्तको कारण आज त्यो अवस्था पनि रहेन ।
त्यति मात्र होईन लघु वित्तले असुल्ने महंगो ब्याजदर, कमजोर लगानी संयन्त्रसँगै उपभोक्ताको लापरवाही, लक्षित शीर्षकमा लगानी नगर्ने प्रवृत्ति, उद्यमशीलताको अभाव जस्ता अनेकन कारणले समाजमा भित्रभित्रै आर्थिक विच्छृंखलता त निम्त्याएको छ नै, पारिवारिक जीवन पनि धरापमा पारिरहेको छ ।
यता लघुवित्तका सञ्चालक भने अनुगमन गर्दागर्दै पनि कतिपय उपभोक्ताले आफूहरुलाई झुक्याएर लिएको ऋण अरुतिर खर्च गर्ने, उद्यम–व्यवसाय नगर्ने प्रवृत्ति रहेको बताउँछन् ।
आयमूलक क्षेत्रमा मात्र ऋण लगानी गर्नुपर्ने भएपनि व्यापार, व्यवसाय, खेतीपाती, पशुपालन आदि शीर्षकमा ऋण लिएर घर निर्माणमा खर्चने, गरगहना जोड्ने वा थप ब्याज असुल्ने गरी अरुलाई ऋण दिने जस्ता कारणले उपभोक्ताहरुले यसबाट उचित प्रतिफल लिन नसकेको लघुवित्तका सञ्चालको भनाई छ ।

English
MTV NEPAL MTVNEPAL


