दुई सरकारी निकायबिचको विवाद झन् बढ्दै, CTEVT को भर्ना प्रक्रिया नै रोकियो

चिकित्सा शिक्षा आयोग र सीटीइभीटीबीच विवाद भएको शुरु भएको छ । एक अर्कामाथि हस्तक्षेप गर्न खोजेको भन्दै दुबै निकायले विज्ञप्ति निकाल्दै ध्यानाकर्षण गराएका छन् ।
चुलिएको यो विवादले प्रमाणपत्र तह चिकित्सा शिक्षाको भर्ना प्रक्रिया अन्यौलमा परेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएपछि परिषद्ले चिकित्सा शिक्षाको भर्ना प्रक्रिया अगाडि बढाएको थियो । परिषद्ले शैक्षिक सत्र २०८०–०८१ मा प्रि–डिप्लोमा, डिप्लोमा तहका शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरेको थियो । साउन १२ गतेसम्मका लागि आवेदन फारम भर्न सकिने गरी परिषद्ले समय समेत तोकेको थियो ।
परिषद्ले प्रमाणपत्र तह, नर्सिङ, प्रि– डिप्लोमा, डिप्लोमा, सामान्य चिकित्सा लगायतका विषयको कोटा निर्धारण गर्नुका साथै प्रवेश परीक्षाका लागि आवेदन आह्वान समेत गरेपछि चिकित्सा शिक्षा आयोगले उक्त कार्य आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै भर्ना, कोटा निर्धारण लगायतको प्रक्रिया रोक्न निर्देशन दिएको थियो । सोही आधारमा हाल उक्त प्रक्रिया रोकिएको छ ।
चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले आयोगको तर्फबाट आवश्यक छलफल भइरहेको बताए । परिषद्का प्रवक्ता भुवनेन्द्र ढुंगानाले भने समस्या के हो भन्ने प्रस्ट भइसकेकाले यस विषयमा माथिल्लो तहबाट मात्रै समस्या समाधान हुने बताए ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com