अवैध लागूऔषध सहित पक्राउ ।

काठमाडौं, २३ कात्तिक । काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका ११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका १६ बाट नियन्त्रित लागूऔषध डाइजेल्याब २० एम्पुल, लुप्रिजेसिक २० एम्पुल, एभिल २० एम्पुल र फेनारगन २० एम्पुल सहित सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने २० वर्षीय दिपेश महरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट नियन्त्रित लागूऔषध लुप्रिजेसिक ४९ एम्पुल, डाइजेपाम ४९ एम्पुल र प्रोमिथेजाइन हाईड्रो क्लोराइड ४९ एम्पुल सहित मोरङ बेलबारी नगरपालिका ७ कुस्मे टोल बस्ने २२ वर्षीय बिशाल गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका ७ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ४ ग्राम २५ मिलिग्राम सहित गुलरिया नगरपालिका ७ कृष्णरसार टोल बस्ने २७ वर्षीय रोजन पुरी र मधुवन नगरपालिका २ ओरालीबजार बस्ने १९ वर्षीय दिनेश नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे ८ प ७८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका ८ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्राम, नगद ९ हजार रुपैयाँ र चक्कु १ थान सहित मधुवन नगरपालिका ५ बस्ने २० वर्षीय खगेन्द्र शाही र २२ वर्षीय सन्तोष थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे ७ प१७८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com