पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ ।

बाजुरा, २४ कात्तिक । गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणी ओली लगायत १६ जनालाई पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, प्रेशरकुकर बम १ थान, ईलोक्ट्रनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात प्रहरीले फेला पारी बरामद गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com