जुवातास खेलिरहेको अवस्थामा ५१ जना पक्राउ ।

काठमाडौं, ४ कात्तिक । कैलाली, गोदावरी नगरपालिका(७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय रुपैयाँ र तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी पूर्व देवचुली नगरपालिका ६ मुण्डेस्थित आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका ९ बस्ने ४२ वर्षीय कोचिन बहादुर गुरूङ लगायत १८ जनालाई नगद १ लाख ४२ हजार ९ सय ४० रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका १५ मिलनचोक डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका ४ घर भएका २९ वर्षीय निम बहादुर भण्डारीको कोठामा तास खेलिरहेको अवस्थामा भण्डारी सहित ५ जनालाई नगद ७४ हजार ५ सय ६० रुपैयाँ र २ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com