नागढुंगा–सिस्नेखाला सुरुङमार्गको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास ।

काठमाडौं,५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा सिस्नेखोला २.६८ किलोमिटर सुरङमार्गको सोमबार शिलायान्स गर्नु भएको छ । साढे तीन वर्षमा निर्माण सक्ने गरी शिलान्यास भएको छ । खानेपानी, उर्जा,लगायतका अन्य क्षेत्रमा कार्य भए पनि सुरुङ मार्गको कार्य पहिलोपटक शुरु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्ग नयाँ फड्को भएको बताउनु भयो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले सुरुङ मार्ग ४२ महिना भित्रै सम्पन्न हुने बताउनु भयो । निर्माण कम्पनीहरु समयमै काम सम्पन्न गर्न तयार रहेको बताउँदै यही आर्थिक वर्षमा अन्य ७ वटा सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरिनेछ । चित्लाङ, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायत क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि डीपीआर तयारी अवस्थामा छन् । उनले कोटेश्वर, नयाँबानेश्वर, गौशाला, चाबहिल, कालीमाटी, त्रिपुरेश्वर, थापाथलीसहित ७ वटा ठाउँमा आधुनिक ओभरहेड ब्रिज, अन्डर पास र सुरुङमार्ग बनाउन निर्णय गरिएको बताए ।

कार्यक्रममा जापनिज राजदूत मसामिची साइगो जापानलाई सुरुङमार्गको राम्रो अनुभव भए पनि पहिलोपटक नेपालमा बन्न लागेकाले खुसी लागेको बताए ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले राजधानीलाई जोड्ने जामको विकल्पको रूपमा सुरुङमार्गको निर्माण हुने भएकाले सबै खाले गाडी गुड्न सक्ने एउटा मात्र नाका पृथ्वी राजमार्ग हो, प्रत्येक दिन नागढुंगा–नौबिसे खण्डमा जाम हुने गर्छ । जुन ठाउँमा सडक चौडा गर्न मिल्ने भूबनोट छैन, ‘साना घुम्ती र ठाडो उकालो भएकाले यसको विकल्प खोज्ने क्रममा नागढुंगा सुरुङमार्गको परिकल्पना गरिएको हो । यसको निर्माणपश्चात् पुरानो सडक पनि समानान्तर रूपमा चालु रहनेछ ।’
सुरुङमार्गले सडकको लम्बाइ ४ किमि टोटिने छ । सडकतर्फको आधुनिक प्रविधिको सुरुङ नेपालकै पहिलो भएकाले यसको विशेष महत्त्व छ । सडक विभागका महानिर्देशक केशव शर्माले नेपालको यातायात क्षेत्रलाई सुरुङ युगमा प्रवेश गराएको बताए । ४२ महिनाभित्रमा निर्माण सक्ने गरी ठेक्का असोजमा जापानिज कम्पनी हाज्मारएन्डोसँग ठेक्का सम्झौता भएको थियो । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार जापानको साढे १६ अर्ब ऋण सहयोग रहेको छ । ठेक्का भने साढे २२ अर्बको हो । जसमा ६ अर्ब नेपाल सरकारको रहेको छ । ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ, जसको ब्याज शून्य दशमलव एक प्रतिशत रहेको छ । ऋणको रकम १० वर्षसम्म किस्ता भुक्तानी गर्नुपर्नेछैन । यो आयोजनामा विदेशबाटै मेसिन ल्याएर काम सुरु गरिनेछ । मुआब्जा वितरण र परामर्श सेवा यसैमा जोडिनेछ । सुरुङमार्गको दूरी २ दशमलव ६८८ किमि रहनेछ, जुन नागढुंगाबाट सिस्नेखोलासम्म मात्र बन्नेछ । दुईवटा सुरुङ रहनेछन् । एउटामा गाडी गुड्ने र अर्को आपत्कालीन सुरुङ रहनेछ, जसमा एम्बुलेन्स र दमकल हिँड्नेछन् ।

नागढुंगादेखि सिस्नेखोलासम्म साढे ८ किमि छ । सुरुङमार्ग बनेपछि दूरी घटेर करिब ४ किमि हुनेछ । सुरुङमार्ग बनेपछि एक घण्टाभन्दा बढी समयको बचत हुनेछ । काठमाडौंबाट बाहिरिँदा १५र२० मिनेट समयको बचत हुन्छ । सबै साधन सुरुमार्ग हुंँदै आउनेछन् । पेट्रोलियम पदार्थ बोकेका साधन मात्र अहिलेकै पुरानो सडकबाट राजधानी आउनेछन् । गुर्जुधाराबाट आकासेपुल पश्चिमतर्फ बनेर उत्तरतर्फ मोडिनेछ । उत्तरतर्फ इन्टरसेक्सन बन्छ । यसको अर्थ सबैतिरबाट आएका गाडी रोकिनेछैनन् । चारै दिशातर्फ गाडी गुड्नेछन् । यसमा पुल ७ र बक्स कल्भर्ट ११ वटा बन्नेछन् । सिस्नेमा सुरुङबाट निस्किँदा ५ सय मिटर नयाँ सडक बन्ने र जुन त्रिभुवन राजपथसँग जोडिनेछ ।

मुआब्जा विवाद कायमै
धादिङतर्फ सुरुङमार्ग निर्माणका लागि १ सय ९ रोपनी जग्गा प्रयोग हुनेछ, जसमध्ये ४४ रोपनी स्थानीयको रहेको छ । ४४ मध्य करिब २६ रोपनी जग्गा श्री ५ को वायु गुठीको रहेको छ । नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार काठमाडौंतिर मुआब्जा वितरणमा समस्या नभएको र धादिङतर्फ वितरणका लागि निर्णय भए पनि अहिलेसम्म वितरण हुन सकेको छैन । धादिङको जग्गाका लागि मालपोतमा लगत कट्टाका लागि पठाइएको छ । गुठी र लालपुर्जा नभएको जग्गाको मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ । काठमाडौंमा मुआब्जा वितरण टुंगिए पनि धादिङतर्फ मुआब्जा वितरण अझै हुन सकेको छैन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com