नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जना पक्राउ ।

काठमाडौं, ४ कात्तिक । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएकाहरू ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णु बहादुर राउत तथा ३१ वर्षीय नवराज राउत, रामेछाप दोरम्वा गाउँपालिका २ घर भएका ३१ वर्षीय रोशन वुढा मगर र ललितपुर सानागाउँ बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएका २३ वर्षीय किरण लामा रहेका छन् ।
काठमाडौं कपन निलोपुल नजिकै उक्त परिमाणको नक्कली सुन देखाई ५० लाखरुपैयाँमा विक्री गर्न ग्राहक खोजिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खरिदकर्ताले सुन खरिद गर्न लागेको ५ लाख रुपैयाँ सहित मोलतोल गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नक्कली सुन १ केजी र मोबाइल ६ थान बरामद गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com