बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ : सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो ।

पीडिलाई रु ५० हजार क्षपिूर्तिसमेत दिनसमेत योगीको नाममा आदेश जारी भएको जिल्ला अदालतले जनाएको छ । योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ बमोजिम सात वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप छ महीना कैद र पीडित पक्षलाई रु ५० हजार क्षपिूर्ति भराउन फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिनुभयो । मुद्दा जिल्ला अदालमा विचाराधीन रहेकै बेला घरमा आगोले पोलेर उपचारका क्रममा विसं २०७५ फागुन १९ गते पीडितको शिक्षण अस्पालमा मृत्यु भइसकेको छ ।

चौध पटकको इजलासमा मुद्दा फैसला भएपछि मृत्यु भएकै भए पनि आरोपितले सजाय पाएको र न्याय मर्दैन भन्ने विश्वास पलाएको अपाङ्गता भएका व्यक्तिको अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएका गुणराज खविडाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले २०७५ असोज १ गते किटानी जाहेरी दर्ता भएको थियो । घटना अनुसन्धानपछि असोज २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको र १४ पटकको पेसीपछि जिल्ला अदालतले सो मुद्दा फैसला गरेको श्रेस्तेदार दङ्गालले बताउनुभयो ।

THIS IS ADD AREA
x

Check Also

यौन दुर्व्यवहार सम्बन्धी नेपालको महिलामैत्री कानुन : मन मिले चमत्कार नमिले बलात्कार…

नेपालकै सर्वाधिक लोकप्रिय लोक दोहोरी कार्यक्रम ईन्दे्रणीको टिममा केहि फेरबदल भयो …। नयाँ अनुहारलाई पनि मौका दिनुपर्ने हेतुले कार्यक्रम व्यवस्थापन टिमले पुराना केही कलाकार तथा ...

Social Media Auto Publish Powered By : XYZScripts.com