आमा र दुई छोराको मृत्यु मुल जड अन्धविश्वास ः कहिले सम्म हो यो कुप्रथा ।

आजको जामानामा भगवान् मानेर पुज्ने चन्द्रमा वैज्ञानिक पुगिसकेको र कति सफलता गरेर विश्वलाई चकिंत बनाई सकेका छन् । तर भने हामा् देशमा भन्ने अन्धविश्वासले अझै पनि छोडेको छैन । बाजुरामा बुढीनन्दा नगरपालिका वडा नं ९ को अगाउँपानीस्थित छाउगोठमा निस्सासिएर मंगलबार राति तीनजनाको मृत्यु भयो । काशी बोहोराकी ३५ बर्षीया श्रीमती अम्बा बोहोरासहित उनका दुई छोराले एकसाथ ज्यान गुमाएका हुन् ।अम्बा बोहोरा महिनाबारी भएको चार दिन पुगिसकेको थियो । चार दिनको राति उनी ज्यान गुमाउन बाध्य भइन् । उनका ९ बर्षे छोरा सुरेश बोहोरा र ७ बर्षका छोरा रमितको समेत छाउगोठमै मृत्यु भयो । आमाले चिसोमा छोरासँगै सुत्दा तातो होला भनेर दुबै छोरालाई गोठमा लगेकी थिइन् ।घरसँगै जोडिएको छाउपडी गोठ थियो । स्थानीयका अनुसार राति आगो बालेर सुतेका बेला कम्बलमा आगो सल्किएपछि उनीहरुको मृत्यु भएको हो ।यो त पछिल्लो उदाहरण मात्रै हो । प्रदेश नम्बर ६ र ७ का धेरै महिलाले यसैगरी छाउगोठमै मृत्युवरण गरिरहेका छन् । अछाममा मात्रै एक दशकमा १२ जना महिलाले छाउगोठमै मृत्युवरण गरिसकेका छन् ।महिनावारी भएको समयमा अविवाहित महिलाले ७ दिनसम्म र बिवाहित महिलाले ५ दिनसम्म घरबाहिर निस्केर छाउपडी गोठमा बस्नुपर्ने बाध्यता छ । महिनावारीको समयमा उनीहरुले निकै नै सास्ती व्यहोर्नुपर्छ ।महिनावारी भएको ५ देखि ७ दिनसम्म घर बाहिर अलग्गै बस्नुपर्ने, सार्वजनिक पँधेरा प्रयोग गर्न नपाउने र दूधजन्य पदार्थ नपाउने नियम छ । उनीहरुले फलफूलजन्य वनस्पति छोएमा कडा हप्की सहनुपर्ने हुन्छ । संयोगले कसैको शरीरमा छोइए दुर्वाच्य सुन्नुपर्ने हुन्छ । महिनावारी हुँदाको समयमा देवी देवता रिसाउँछन् भन्ने कुप्रथाले गर्दा महिलालाई घरमा बस्न दिइँदैन ।चिसो महिना सुरु भएपछि छाउपडी गोठमा बिरामी पर्ने र ज्यान जानेको संख्या बढ्छ । घरबाट टाढा गोठ हुन्छ, नुहाउन र लुगा धुनलाई पानी हुँदैन, धोएका लुगा सुक्दैनन्, बाक्लो लुगा सुक्न ३ दिनसम्म लाग्छ, घरबाट पातलो लुगा दिइन्छ । सिधा उभिन नमिल्ने गोठमा आगो बाल्दा धुवाँ बाहिर जान पाउँदैन र गोठभित्रै निसास्सिएर बस्नुपर्छ ।चिसो महिनामा छाउपडी गोठमा बसेकी आमासँग रहने स–साना बालबच्चाले झनै सास्ती पाउँछन् । उनीहरु कठांग्रिएर, निसास्सिएर वा निमोनिया भएर ज्यान गुमाउन बाध्य हुन्छन् ।छाउगोठमा बसेकी आमा र बच्चाले दूध, दही खान नपाउनेलगायतका अन्धविश्वासका कारण महिलाको स्वास्थ्य त खराब हुन्छ नै, धेरै बालबालिकाले कुपोषणको शिकार बन्नुपरेको छ । टाढाको गोठमा जाँदा कतिपय महिलाहरुले बलात्कृतसमेत हुनुपरेको छ ।बुढीनन्दा ३ बस्ने अमला बिक छाउपडी गोठमा बस्न थालेको १४ बर्ष भयो । प्रथमपटक महिनावारी भएदेखि नै उनी गोठमा बस्दै आएकी थिइन् । दुई वर्षअघि गाउँका अगुवा महिलाले छाउपडी गोठ भत्काएपछि अहिले महिनावारी भएका बेला उनी ओढारमा बस्न थालेकी छिन् ।
कागजमा छाउपडी हटेको रिपोर्ट भेटाइन्छ । पत्रकारले कुरीतिको विरोधमा लेखेका लेख्यै छन् । सरकारीरगैरसरकारी संस्थाले वृत्तचित्रसमेत निर्माण गरेका छन् । यही नाममा करौडौ बजेट सिद्धिएको छ । तैपनि महिलाहरु छाउगोठमा मरिरहेकै छन् ।
जब–जब छाउगोठमा महिलाको ज्यान जान्छ, तबमात्रै सरोकारवालाहरुले जिल्लाका होटेलहरुमा बहस चलाउन थाल्छन् । अभियान सञ्चालन गर्ने बहानामा तालिम, गोष्ठी सदरमुकाममा चलाएर अभियान पूरा भएको प्रतिवेदन पेश गर्छन् भन्ने स्थानीयको गुनासो छ ।
यस्ता कुप्रथा हटाउन अब सरकारले कडा भन्दा कडा कानुन लागू गर्नपर्ने देखिएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com