अष्ट्रेलियामा अलपत्र अवश्थामा रहेका विद्यार्थीहरुको उद्धार गर्न तयारी ।

काठमाडौं- अध्ययनका लागि अष्ट्रेलियामा पुगेका एकहजार बढी विद्यार्थीहरु बिचल्लीमा परेको समाचार आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी उद्धार र उनीहरुको उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग पहल गर्न माग गरेका हुन् । अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रवक्ता शर्माले कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई पनि तत्काल थप सूचना लिएर आवश्यक समन्वय गर्न निर्देशन दिइसकेको बताएका छन् ।
अष्ट्रेलियाको एक शैक्षिक प्रतिष्ठानले अबैधरुपमा विद्यार्थी भर्ना लिएपछि नर्सिङ पढ्न गएका नेपाली विद्यार्थी बिचल्लीमा परेका हुन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com