काठमाडौँ – बिहानै एयरपोर्ट नपुग्दै ए–वोन क्याफे नजिकै एक लास फेला परेको छ । फेला परेको लासको उमेर २५–३० वर्षको अनदाज गरिएको छ । लासलाई मुखमा आगो लगाई जलाएर बोरामा बाधेर फालिएको अवस्थामा लास पाईएको छ । लासको पहिचान भने हुन सकेको छैन । मानिसहरु हिड्नका लागि बनाएको पेटिको छेऊमा लास फेला परेको हो । बिहानको बयाम गर्न क्रममा हिडिरहेका व्यक्तिले सो लास देखेका थिए । उक्त ठाँऊको पुल मुनि सो लास फालिएको बताएको छ । घटनास्थलमा प्रहरीहरुको टोली भने पुगी सकेको र लासलाई प्रहरीहरुले निकाल्ने कार्य भईरहेको छ । एक बिहानै यस्तो घटना घट्नु भनेको सामान्य कुरा होइन । यो हामा् देशमा आजभोलि दिनहँु यस्ता घटना भईरहेको छ । अब यी कार्यहरुलाई सरकारले कसरी नियन्त्रण गर्छ । अरु खोज तलासीको कार्य छिटै नै हुने प्रहरीले बताएका छन् ।

English
MTV NEPAL MTVNEPAL


