समुद्रमा खस्यो जहाज ः यात्रुहरु जिवित होलान् भने आशा मात्रै ।

जाकार्ता । हवाई दुर्घटना फेरि असुरक्षित भन्दै छ । फेरि पुन जाकार्तामा उडेको जहाज समुद्रमा खसी दुर्घटना भएको छ ।एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो ।जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ ।जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए ।लायन एयरर्सको जेटी(६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको छ । दुर्घटनामा मुत्यु हुने र बाँच्ने व्यक्तिहरुको विवरण भने आईसकेको छैन ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com