मलेशिया र नेपाल सरकार बिच भयो सम्झौता ।

काठमाडौं । नेपाल सरकार र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । श्रम मन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछन् । कामदारलाई लेभी पनि लाग्ने छैन ।मलेसिया जाने कामदारको करार अवधि भने ३ वर्षबाट दुई वर्ष कायम गरिएको छ । अब कामदारको तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ भने मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने श्रम मन्त्रालयले जनाएको छ ।अब रोजगारदाताले वासथानका साथै व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ । कामदार विमानस्थलमा पुगेको ६ घन्टाभित्र गन्तव्य स्थलमा लैजानुपर्ने छ ।कामदार र रोजगारदाताबीच कुनै विवाद भई मुद्धा विचाराधीन रहेसम्म मलेसियामा नै बस्न पाइनेछ । कामदारका परिवारका निकटतम समस्य बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा वा छोरी को मृत्यु भएमा १५ दिनका लागि नेपाल आउने पाउने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूताबासलाई जानकारी गराउनुपर्नेछ भने मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने गरी व्यवस्था गरिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com