Minister for Labour, Employment and Social Security, Gokarna Bista (left) and Malaysian Minister for Human Resources M Kulasegaran (right) take part in a ministerial level meeting before signing the Memorandum of Understanding (MoU) on the supply of labour, in Kathmandu, on October 28, 2018. Photo: RSS

सम्झौता सँगै मलेशिया रोजगारी धरापमा ।

काठमाडौँ – वैदेशिक रोजगारमा जाने देश मध्ये मलेशिया एक पहिलो स्थानमा रहेको देश हो । अझ पनि लाखौ नेपालीहरु रोजगारीको सिलसिलामा मलेशिया काम गरि रहेका छन । रोजगारीको गन्तव्य नै बनि आएको मलेशिया गत ६ महिनादेखि जिएसजी ,ओएससी,आइएससी,माईग्राम,बायोमेट्रिक ले गर्दा बन्द रह्यो । नेपाली जनताहरुको हितमा मन्त्री बिष्ट फ्रि भिषा र टिकट पुर्ण रुपले लागू गर्न कुनै कसर छोडेनन् । एक व्यक्ति पनि नठगुन् भनेर सहज बनाउने प्रक्रिया मै धेरै महिना कार्य गरि रहे । अन्तत मलेशिया सरकार सँग नेपालले सम्झौता गरी छाँडयो । हेर्दा राज्यले आफना नागरिकको बारेका यो कार्य गरेको पनि राम्रै मानिएको छ ।
तर प्रश्न यहाँ यो छ , के जुन जुन सहमतिमा सम्झौता भएका छन् सबै कुरा कार्यनयनहोला त ? मलेशिया सरकारले आफै कार्यनयन गर्ला कि नगर्ला अर्को प्रश्न यहाँ पनि उठ्न बाँकी छ । भोलि गएर रोजगारदाताले कामदारलाई मलेशिया पुगे पछि जिएसजी ,ओएससी,आइएससी,माईग्राम,बायोमेट्रिक पैसा भिर्ता दिन इनकार ग¥यो भने यसको जिम्मा कसले लिन्छ ?कामदारले कसलाई गुहार माग्न जाने ।यदि कम्पनी नै बन्द भयो भने कामदार फिर्ता कसले माग गर्छ, यस्ता धेरै विषयमा प्रश्न उठेका छन् । नेपाल बाहेक मलेशिया सरकारले कुनै पनि अरु देशलाई यस्तो सम्झौता गरको छैन । जिएसजी ,ओएससी,आइएससी,माईग्राम,बायोमेट्रिक जस्ता संस्थालाई फेरि जोगाउनु नै थियो भने किन यत्रो ६ महिना सम्म बन्द गर्ने नाटक चल्यो । १५ हजारको भिषा आएको नेपाली कामदारलाई रोकायो । १५ हजार मलेशिया भिषा आएको अन्योल मै छन्। कहिले सुचारु हुने या नहुने बारेमा त्यसको विषय सरकार केही निर्णय दिन सकेको छैन । भिषा आएका कामदारहरु अझै सरकारको निर्णयको प्रतिक्षामा छन् । । यदि मलेशिया सरकारले बंगलादेश, म्यानमार,फिलिफिन्स र अरु देशबाट सस्तो मै कामदार पायो भने नेपाली कामदारको माग गर्छ होला भन्न भने सकिदैन । यो विषयमा सरकारको अर्को निति के होला । नेपालमा कामदार माग कोटा नै नआउन सक्छ । के सरकारले कोटा नै नआउने बाटो रोक्का गराई दिएको हो कि ? देखनलाई सरकारले हिरो वाला काम गरेर देखाएको छ । तर खाली एक तर्फ मात्र ध्यान गरेको स्थिति पनि देखियो । सहज र सरल बनाउने सिलसिलमा के भविष्यमा मलेशियाले नेपाली कामदारको माग नै बन्द गरिदिन पनि सक्छ । आउने दिनहरुमा मलेशिया यी सम्झौतामा अटल रहन सक्छ या सक्दैन कसलाई थाहा हुन्छ ।
भोलिको दिनहरुमा रोजगारीबाट देशको आर्थिक सुधारमा केही हत सम्म भार नै हुने तय छ । विभिन्न रोजगारीबाट भित्रीएका विदेशी मुद्रामा मलेशियाको भने अभाव नै हुने संकेत छ । राज्यमा रोजगारीको अभाव नै रहेको छ । त्यसै कारणले होला वैदेशिक रोजगारको आर्कषणमा मलेशियामा लाखौ कामदारहरु जाने गर्दछन् । सरकार यो कदमले कामदारलाई र देशलाई कत्ता तिर लैजाने हो भने बारेमा अबको आउन दिनमा बाँकी छ । तर मलेशिया रोजगारीमा भने ठूलो खतरा नै भैतारिरहेको छ । यो सम्झौताकोे विरोध वैदेशिक रोजगारी व्यावसायीहरुले नै गर्दै आएका छन् । यो विरोधमा उभिएका वैदेशिक रोजगार व्यावसायी संघ नै किन ? बुद्धिजिवि नागरिक समाजले बुझनु पर्ने होइन र  भन्ने रोजगार सघंको भनाई छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com