भारतीय चलचित्र र टेलिभिजन अब पाकिस्तानमा हेर्न निषेध ।

पाकिस्तानको सर्वोच्च अदालतले शनिबार भारतीय चलचित्र र टेलिभिजनलार्इ प्रतिबन्ध लगाएको छ । लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने आफ्नो आदेशलार्इ फेरि ब्युँत्याएको हो ।मुख्य न्यायाधीश साकिब निसारले यूनाइटेड प्रोड्यूसर्स एसोसिएशनद्वारा सर्वोच्च अदालत कराची रजिस्ट्रीमा स्थानीय टिभी च्यानलमा विदेशी कार्यक्रम देखाउनेसम्बन्धी एक रिटमा आफ्नो आदेश दिएका हुन् । उनले भारतीय कार्यक्रम प्रसारण बन्द गर्ने आदेश दिँदै भनेका छन्, ुउनीहरू हाम्रो संविधानको उल्लंघन गर्न र गराउन चाहन्छन्। के हामी उनीहरूका टिभी च्यानलमा प्रतिबन्धसम्म लगाउन सक्दैनौँ रुुरिपोर्ट अनुसार न्यायाधीशले सम्बन्धित अधिकारीहरूले केबल पाकिस्तानको संविधानले मञ्जुर दिने सामाग्री मात्रै प्रसारण गर्न पनि भनेका छन् ।पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी ९पेम्रा० ले सन् २०१६ मा स्थानीय टिभी र एफएम रेडियो च्याननलमा भारतीय कार्यक्रमको प्रसारणमा पूर्ण प्रतिबन्ध लगाउने आदेश दिएको थियो । यस आदेशलार्इ भारतीय मनोरञ्जन उद्योगद्वारा पाकिस्तानी कार्यक्रम र कलाकारमाथि प्रतिबन्ध लगाउने आदेशको जवाफका रूपमा लिइएको थियो । त्यसपछि सन् २०१७ मा लाहौर उच्च न्यायालयले पेम्राद्वारा लगाएको प्रतिबन्धलार्इ अर्थहीन र निर्थक बताउँदै हटाइदिएको थियो । उच्च न्यायालयका अनुसार केन्द्र सरकारलार्इ यस मामिलामा कुनै आपत्ति थिएन ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com